सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मोरङको लेटाङमा ६० वर्षीय वृद्धको हत्या

468
shares

विराटनगर । मोरङको लेटाङमा ६० वर्षीय वृद्धको हत्या भएको छ । हत्यामा संलग्न भएको आरोपमा ८१ वर्षीय वृद्ध पक्राउ परेका छन् ।प्रहरीका अनुसार मोरङको लेटाङ नगरपालिका– २ फडानीमा अन्दाजी ६० वर्षीय प्रेमबहादुर बुढाथोकीको हत्या भएको हो । उनको हत्या आरोपमा प्रहरीले ८१ वर्षीय वृद्ध डम्बरबहादुर भुजेललाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार बुढाथोकी पक्राउ परेका भुजेलको घरमा पाहुना आएका थिए । सोमबार बेलुका भुजेलको आगन अगाडि बुढाथोकीको शव भेटिएको सूचना पाएपछि प्रहरी पुगेको थियो । प्रहरीका अनुसार मृतकको टाउकोमा बन्चरोले प्रहार गरेजस्तो देखिन्छ ।

वृद्धले शव घिसारेर घर नजिकैको बाँसघारी तर्फ लैजाँदै गर्दा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीय शिक्षक राजेन्द्र खतिवडाका छिमेकीले शव देखेपछि प्रहरीलाई खबर गरे । उनका अनुसार केही दिनयता मृतक बुढाथोकी भुजेलको घरमा बसेका थिए । बुढाथोकीको घर लेटाङमै भएपनि आफ्नो घरमा भने नबस्ने गरेको स्थानीयले बताएका छन् ।

सोमबार बेलुका मृतक र हत्या आरोपी बृद्धसँगै मदिरा सेवन गरेको स्थानीयले बताएका छन् । मदिरा सेवनपछिको विवादका कारण हत्या गरेको हुनसक्ने प्रहरीले बताएका हुन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले हत्याको अनुसन्धान भइरहेको बताए । पक्राउ परेका भुजेललाई इलाका प्रहरी कार्यालय लेटाङमा राखिएको छ । शव पोष्टमार्टमका लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको प्रहरीले बताएका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports