भीआईपीलाई विना निम्तो खेल हेर्न मैदानमा नआउन एन्फाको आग्रह
वि.सं.२०८१ फागुन १३ मंगलवार १६:२६
shares

काठमाडौं, १३ फागुन अखिल नेपाल फुटबल संघ एन्फाले बिना निम्तो खेल हेर्न मैदानमा नआउन भीभीआईपी र भीआईहरूलाई आग्रह गरेको छ ।
फोर नेसन्स इन्टरनेसनल वुमन्स फुटबल च्याम्पियनसिपको उपाधिका लागि बुधवार नेपाल र म्यानमार भिड्दैछन् ।बिना निम्तो विशिष्ट व्यक्तिहरू मैदानमा आउँदा व्यवस्थापनमा कठिनाइ हुने भन्दै बिना निम्तो नआउन आग्रह गरेको हो ।बुधबार फाइनल खेल दशरथ रंगशालामा साँझ ६ बजेबाट सुरु हुनेछ ।


































