सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पूर्वराजा ज्ञानेन्द्र शाहलाई पोखरामा नागरिक अभिनन्दन

806
shares

पोखरा – पूर्वराजा ज्ञानेन्द्र शाहको पोखरामा नागरिक अभिनन्दन गरिएको छ। पोखराको गणेशटोलदेखि विन्ध्यावासिनी मन्दिरसम्म उनको नागरिक अभिनन्दन गरिएको हो।

नागरिक स्वागत मूल समारोह मूल समिति पश्चिमाञ्चल (पोखरा) ले पूर्वराजा शाहको अभिनन्दनको चाँजोपाँजो मिलाएको हो।नागरिक स्वागत मूल समारोह मूल समिति पश्चिमाञ्चल (पोखरा) सचिवालय प्रमुख अरुण गिरीका अनुसार पूर्वराजाले गणेशटोलदेखि विन्ध्यावासिनी मन्दिरसम्म पैदल यात्रा गरे। त्यो बीचमा पर्ने गणेश मन्दिर, भीमसेन थान, भैरव मन्दिर, विन्ध्यावासिनी मन्दिरको बौद्ध विहार र परिसरमा रहेका सबै मन्दिरमा पूजाअर्चना गरेको उनको भनाइ छ।

झण्डै दुई घण्टा लामो अभिनन्दन र पूजाअर्चना भएको उनले बताए।नागरिक अभिनन्दनमा बाजागाजाले पूर्वराजाको स्वागत गरिएको थियो। फूलका गुच्छाले पूर्वराजालाई स्वागत गरियो। सर्वसाधारणको सेल्फीमा साथ दिँदै उनी मन्दिरसम्म पुगे। ‘हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ’, नारा पूर्वराजाका समर्थकले चर्काए।माघ २७ गतेदेखि पूर्वराजा ज्ञानेन्द्र पोखरामा छन्। उनी परिवारका सदस्यसहित भैरहवाबाट चार्टर विमानमार्फत पोखराको पुरानो विमानस्थल ओर्लिएका थिए।पूर्वराजा शाहले फागुन १३ गते स्याङ्जाको कालीगण्डकी गाउँपालिका–३ मा पर्ने शाहवंशीय कुल मन्दिरका रूपमा परिचित आलमदेवी मन्दिरको दर्शन गरेका थिए।

शाह फागुन २१ गते बुधबार बागलुङ कालिका मन्दिरको दर्शन गर्नलाई बागलुङ जाँदै छन्।शाहलाई स्वागत गर्न विश्व हिन्दु महासंघ बागलुङका अध्यक्ष जब्बरबहादुर लामिछानेको नेतृत्वमा ५०१ सदस्यीय नागरिक स्वागत मूल समारोह समिति गठनसमेत भएको छ।बागलुङ कालिकाको पूजा सकाएर म्याग्दीको गलेश्वर मन्दिर जाने कार्यक्रम रहेको सचिवालयले जनाएको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports