गत फागुन २१ गते भएको संसदको निर्वाचनमा झण्डै दुई तिहाई मत ल्याउन सफल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

त्रिभुवन विश्वविद्यालय अन्र्तगत स्वतन्त्र विद्यार्थी युनियनका लागि निर्वाचन हुने आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरूमा हालसम्म ८२ स्थानमा सर्वसम्मत अध्यक्ष

806
shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्र्तगत स्वतन्त्र विद्यार्थी युनियनका लागि निर्वाचन हुने आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरूमा हालसम्म ८२ स्थानमा सर्वसम्मत अध्यक्ष चुनिएका छन् ।

हालसम्म प्राप्त आंकडा अनुसार नेकपा एमाले निकटको विद्यार्थी संगठन अनेरास्ववियु सर्वसम्मत चयन हुनेमा पहिलो स्थानमा छ । अनेरास्ववियुले ३२ स्थानमा आफ्ना स्ववियु अध्यक्ष निर्विरोध चयन भएको उक्त संगठनका सचिव सञ्जिव धितालले बताए ।नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघबाट २८ क्याम्पसमा अध्यक्ष निर्विरोध भएको संघका प्रवक्ता सुरज सेजुवालले जानकारी गराए ।त्यस्तै प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) बाट २१ जना स्ववियु अध्यक्ष निर्विरोध भएको उपाध्यक्ष मदन ढकालले जानकारी गराए ।

एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले मकवानपुरस्थित मनहरी बहुमुखी क्याम्पसमा निर्विरोध अध्यक्ष प्राप्त गरेको छ ।अनेरास्ववियु र अखिल (क्रान्तिकारी) बाट निर्विरोध भएका क्याम्पस र अध्यक्षको नामावली सार्वजनिक गरेको छ । नेविससंघले भने निर्विरोध भएका क्याम्पसहरूको सूची मात्रै पठाएको छ ।अनेरास्ववियुबाट कोशीमा चार, बागमतीमा आठ, गण्डकीमा ३, लुम्बिनीमा ७, कर्णालीमा तीन र सुदूरपश्चिममा ७ क्याम्पसमा स्ववियु अध्यक्ष सर्वसम्मत चयन भएका छन् ।

त्रिविबाट आंगिक ६२ सम्बन्धन प्राप्त एक हजार ४० क्याम्पसमा ५ चैतमा हुने गरी कल्याणकारी परिषद्ले निर्वाचन तालिका सार्वजनिक गरेको छ । सम्बन्धन प्राप्तमा कतिपय क्याम्पसमा भने स्ववियु निर्वाचन हुने गरेको छैन ।स्ववियु निर्वाचनका लागि बुधबार उम्मेदवारी मनोनयन दर्ता भएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports