गत फागुन २१ गते भएको संसदको निर्वाचनमा झण्डै दुई तिहाई मत ल्याउन सफल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाल नामिबियासँग फेरी पराजित, फाइनल खेल्ने सम्भावना कमजोर

819
shares

युगान्डामा जारी वुमन्स डे कपमा नेपाल नामिबियासँग फेरि पराजित भएको छ।

१२६ रनको लक्ष्य पछ्याएको नेपाल ५ विकेटको क्षतिमा १०२ रनमा समेटिन पुग्यो।यसअघि पहिलो चरणमा पनि नेपाल नामिवियासँग ६ विकेटले पराजित भएको थियो।यो हारसँगै नेपालको फाइनल खेल्ने सम्भावना कमजोर बनेको छ। चार टोली सहभागी प्रतियोगिताका शीर्ष दुई टोलीले फाइनल खेल्नेछन्।नेपालका लाागि ओपनर साना प्रवीनले सर्वाधिक ३१ रन बनाइन्। उनले ३७ बलमा एक चौका प्रहार गरिन्। पूजा महतो र कप्तान इन्दु बर्माले समान १५ रन जोडे।पूजाले १४ बलमा २ चौका र इन्दुले १५ बलमा १ चौका प्रहार गरिन्। सम्झना खड्का ७ बलमा २ रन मात्रै जोडेर आउट भइन्। रुविना क्षेत्रीले १६ बल खेल्दा मात्रै ७ रन जोडिन्।

कविता जोशी १७ र ममता चौधरी ८ रनमा नटआउट रहे।नामिबियाका लागि साइमा तुहादेलेनी, मेकेले मवातीले, विल्का मवातिले समान एक विकेट लिँदा एवलिन केजकुवाले २ विकेट हात पारिन्।त्यसअघि नेपालले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नामिवियाले पूरै ओभर खेल्दै ८ विकेटको क्षतिमा १२५ रन बनाएको थियो।नामिबियाका लागि यासमीन खानले सर्वाधिक ४५ रनको योगदान गरिन्।ओपनर सुने विटम्यानले १५ र कायलीन एन ग्रीन ८ रनमा आउट भए। मर्सर्ली गोरासेस ४, सिल्विया शिहेपो १ र एडेल वान जिल शून्य रनमा आउट भइन्।
मेकेले मवातिले ५ रन र विल्का मवाती २० रनमा आउट भए।अर्रास्टा डायरगार्ड १६ रनमा नटआउट रहिन्।

४ ओभरमा ४० रन खर्चिएकी इश्वरी विष्टले ३ विकेट लिइन्। रचना चौधरीले ४ ओभरमै मात्रै ९ रन खर्चिँदा २ विकेट हात पारिन्। रिया शर्मा र इन्दु बर्माले समान एक विकेट हात पारे। समान ४ ओभरमा इन्दुले २० रन र रियाले २६ रन दिइन्।नेपालले अब जवाफी ब्याटिङ गर्नेछ। यसअघि पहिलो खेलमा नेपाल नामिबियासँग ६ विकेटले पराजित भएको थियो।अब नेपालले युगान्डासाग बिहीबार र हङकङसँग शुक्रबार खेल्नेछ। यसअघि हङकङसँग २ रनले पराजित हुँदा युगान्डालाई १ विकेट हराएको थियो।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports