सांसदकै अगाडि पूर्व प्रधानमन्त्री दाहालको तस्विर जलाईयो
वि.सं.२०८१ चैत २ शनिवार १७:१०
shares

मकवानपुर / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को भ्रातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन (राप्रयुसं)ले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तस्वीर जलाएको छ ।
शनिबार मकवानपुरमा आयोजित जिल्ला अधिवेशनमा राप्रयुसंका निराजन बमले कार्यक्रम मञ्चमै पूर्वप्रधानमन्त्री प्रचण्डको तस्वीर जलाएका हुन् । कार्यक्रममा मकवानपुर क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य दीपकबहादुर सिंह लगायत अन्य नेताहरू उपस्थित थिए ।
यसैबीच, बमले आफूले जलाएको तस्वीरहरु समाजिक सञ्जालमा सेयर गर्दै लेखेका छन्ः प्रचण्डको अभिव्यक्तिले देशलाई हिंसामा धकेल्न खोजेको र हाम्रो राजालाई अनावश्यक रुपमा आरोपप्रत्यारोप लगाएर वातावरण प्रदूषण गर्न खोजेकोले आज मञ्चबाटै प्रचण्डलाई १७ हजार मान्छे मारेको बिर्सिनु भएको छैन होलानी भनेर सन्देश दिइएको छु । मूर्ती चोर हुम्लाका लामालाई मन्त्री र माननीय बनाएको बिर्सिनु भयो ।





































