सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

१५ चैतसम्म संसद् चल्ने गरी संसदीय क्यालेन्डर तयार

611
shares

काठमाडौं । १५ चैतसम्म संसद् चल्ने गरी संसदीय क्यालेन्डर तयार भएको छ । १५ दिनमा ७ दिन बैठक बस्ने क्यालेन्डरमा उल्लेख छ ।

कार्यव्यवस्था परामर्श समितिको बैठकको परामर्शमा संसद् सचिवालयले तयार पारेको क्यालेन्डर अनुसार ३ चैत आइतबार पहिलो बैठक बस्नेछ ।त्यसपछि ४, ६ र ७ चैतमा बैठक बस्नेछ । ७ चैतपछि एक साता बैठक स्थगित हुनेछ । त्यसपछि १३, १४ र १५ चैतमा बैठक बस्ने गरी संसदीय क्यालेन्डर तयार भएको छ ।

आइतबार प्रतिनिधिसभामा शून्य समय, विशेष समय चल्नेछ ।आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन। विधेयक, निजीकरण (पहिलो संशोधन विधेयक र आर्थिक तथा व्यवसायिक वातावरण सुधार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव कमशः प्रस्तुत हुनेछ ।४ चैतमा शून्य समय, आकस्मिक/शून्य/विशेष समयमा उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिनेछन् ।

सुशासन प्रवर्द्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक र सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकमाथि प्राप्त संशोधन सहित सदनमा दफावार छलफल हुनेछ ।४ चैतमा नै यी दुई विधेयक पारित गर्ने तयारी छ । ६ चैतमा पनि शुन्य समय, आकस्मिक शून्य/विशेष समयमा उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिनेछन् ।सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि प्राप्त संशोधन सहित सदनमा दफावार छलफल र पारित गर्ने कार्यसूची पनि सोही दिनका लागि राखिएको छ ।७ चैतमा प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर हुनेछ ।आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, निजीकरण पहिलो संशोधन विधेयक र आर्थिक तथा व्यावसायिक वातावरण सुधार विधेयकमाथि प्राप्त संशोधन सहित सदनमा दफावार छलफल र पारित गर्ने कार्यसूची छ ।

१३ चैतमा नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने तयारी छ ।१४ चैतमा नेपाल हवाइ सेवा प्राधिकरण विधेयक, २०८१ र नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।निकासी पैठारी (नियमन) विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गरिँदैछ ।

१५ चैतमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने तयारी छ ।संसद्ले प्रतिनिधिसभाको पाक्षिक क्यालेन्डर बनाउँदै आएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports