विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सामाजिक सुरक्षा भत्ता नरोक्न सर्वोच्च अदालतको आदेश

702
shares

काठमाडौँ । ज्येष्ठ नागरिहरूले पाउँदै आएको सामाजिक सुरक्षा भत्ता नरोक्न सर्वोच्च अदालतले आदेश दिएको छ ।ज्येष्ठ नागरिकले घरदैलोमै पाउँदै आएको सामाजिक सुरक्षा भत्ता नरोक्न तथा तत्काल उपलब्ध गराउन अन्तरिम आदेश जारी गरेको हो । सर्वोच्च अदालतका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले आदेश कार्यान्वयन गर्नरगराउन हिजो (बुधबार) विपक्षीहरूको नाममा अन्तरिम आदेश जारी गरेको हो ।

सार्वजनिक सरोकारको विषय भन्दै डुडुवाका ज्येष्ठ नागरिकहरूको तर्फबाट वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे र अधिवक्ता सुरेशकुमार पौडेलले बहस गरेका थिए । अदालतको आदेशअनुसार बैंक नभएका अन्य स्थानीय तहले पनि सेवाग्राहीको घर–घरमा पुगेर भत्ता उपलब्ध गराउन सक्ने नजिर स्थापित भएको छ ।

डुडुवा गाउँपालिकाका स्थानीय ज्येष्ठ नागरिकले नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, अर्थ मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, पञ्जीकरण विभाग तथा कोष लेखा नियन्त्रण कार्यालय नेपालगन्जलगायतलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।

बैंकमार्फत वितरण गर्नुपर्ने भन्दै कोष लेखा नियन्त्रण कार्यालय बाँकेले डुडुवा गाउँपालिकाका ज्येष्ठ नागरिकले पाउँदै आएको सामाजिक सुरक्षा भत्ता रोकेको थियो ।अदालतले ज्येष्ठ नागरिकहरूलाई व्यावहारिक रूपमा सहज र सरल तरिकाले ज्येष्ठ नागरिक भत्ता वितरण गर्न विपक्षीलाई आदेश दिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports