विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रचण्डको राजनीतिक घटनाक्रमका हिसाबले २०८१ साल औसत भएको टिप्पणी

1.04K
shares

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक घटनाक्रमका हिसाबले २०८१ साल औसत भएको टिप्पणी गरेका छन् । साथै २०८२ सालमा राम्रो काम गर्नका २०८१ सालले आधार भने दिएको उनको बुझाइ छ ।

आज गृहजिल्ला चितवनमा पत्रकारहरुसँगको कुराकानीमा प्रचण्डले २०८१ सालको समीक्षा सुनाउँदै भने, ‘२०८१ सालमा सकारात्मक काम पनि भयो, नकारात्मक पनि भयो । समग्रमा भन्दा त्यस्तो उत्साहवर्द्धक भन्ने पनि भएन, धेरै निराशाजनक भन्ने पनि होइन ।’अब नयाँ वर्षमा २०८२ सालमा जनता र राष्ट्रको आवश्यकता अनुसार अगाडि बढ्ने संकल्प गर्नुपर्ने उनले बताए ।

‘२०८१ ले २०८२ का लागि आधार भने दिएको छ, राम्रो काम गर्नका लागि,’ प्रचण्डले भने, ‘राजनीतिक दलहरुलाई आत्मसमीक्षा गर्नका लागि, आत्मालोचना गर्नका लागि र, जनता र राष्ट्रको आवश्यकता अनुसार अगाडि बढ्ने संकल्प गर्नको लागि पुरानो वर्षले आधार दिएको छ, नयाँ वर्षमा संकल्प गर्नु नै छ ।’उनले सबै चितवनबासी, देशभरका नेपाली र विदेशमा बसोबास गर्ने नेपालीहरुलाई नयाँ वर्षको शुभकामना समेत दिए ।

पत्रकारहरुको प्रश्नको जवाफ दिने क्रममा उनले नयाँ वर्षमा नयाँ सरकार बन्ने परिस्थिति बन्दै गएको जिकिर गरे ।शिक्षक, डाक्टर, नर्स र राजनीतिक दलहरु समेत वर्तमान सरकारविरुद्ध सडक आन्दोलनमा उत्रिएको भन्दै प्रचण्डले परिस्थिति निकै गम्भिर र पेचिलो बनेको विश्लेषण सुनाए । त्यसैले वर्तमान सरकार धेरै लामो समयसम्म नजाने बताउँदै उनले नयाँ सरकारमा माओवादी केन्द्रले भने ध्यान नदिएको जिकिर गरे ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports