linktrix Long Ad
Salt Trading Long Ad

यी ६ प्रदेशमा प्रहरी प्रमुख फेरिए

793
shares

काठमाडौं । नेपाल प्रहरीका ६ प्रदेशका प्रहरी प्रमुख फेरिएका छन् । गृह मन्त्रालयमा आइतबार बसेको गृहमन्त्रीस्तरीय बैठकले प्रहरी नायब महानिरीक्षक (डीआईजी)हरूको सरूवा गरेको हो ।

कर्णालीबाहेक सबै प्रदेशका प्रमुख फेरिएका हुन् ।प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागका अनुसार, कोशी प्रदेशमा ईश्वर कार्की, मधेशमा उमा प्रसाद चतुर्वेदी, बागमतीमा अरुण पौडेल, गण्डकीमा दिनेश कुमार आचार्य, लुम्बिनीमा राजेन्द्र प्रसाद भट्ट र सुदूरपश्चिममा डम्बर बहादुर विकलाई सरुवा गरिएको छ ।

त्यस्तै, नेपाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभागमा कार्यरत प्रहरी नायव महानिरीक्षक गोविन्द थपलियालाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा सरुवा गरिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports