linktrix Long Ad
Salt Trading Long Ad

नेकपा एसका केन्द्रीय सदस्य सहितका नेताहरू एमालेमा नै फर्किए

871
shares

काठमाडौं। नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य अब्दुल खान लगायतका नेताहरू एमालेमा नै फर्किएका छन् ।

खानसँगै एकीकृत समाजवादीका केन्द्रीय प्रतिनिधि परिषद् सदस्य ऋषि गजुरेल र बागमती प्रदेश सदस्य शैलेन्द्र राउत एमालेमा फर्किएका हुन् । उनीहरूलाई एमाले महासचिव शंकर पोखरेल, सचिव योगेश भट्टराई लगायतले पार्टी केन्द्रीय कार्यालयमा स्वागत गरेका थिए । कार्यक्रममा एमाले ललितपुर जिल्लाका केन्द्रीय नेताहरू, जिल्ला अध्यक्षलगायत स्थानीय नेता तथा कार्यकर्ताहरूको सहभागिता थियो ।

महासचिव पोखरेलले नेताहरूलाई पार्टीमा स्वागत गर्दै उनीहरूको अनुभव र योगदानले एमालेलाई थप बलियो बनाउने विश्वास व्यक्त गरे । देशको वर्तमान राजनीतिक अवस्थामा एमालेको भूमिका र आगामी कार्यदिशाबारे पनि उनले चर्चा गरे ।एमालेमा फर्किएका नेताहरूले देशको विकास र समृद्धिका लागि एमालेको नेतृत्व आवश्यक रहेको बताए । एमालेको नीति र विचारबाट प्रभावित भएर आफ्नै पुरानो पार्टीमा फर्किएको उनीहरुको भनाई छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports