तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कांग्रेस सरकारमा छ तर सत्ताको चाबी छैन : नेता कोइराला

546
shares

नेपाली कांग्रेसका नेता तथा सांसद डा. शेखर कोइरालाले अब आफ्नो पार्टीले सत्ताको नेतृत्व गर्नुपर्ने बताएका छन्।

भक्तपुरमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले देश अप्ठेरो परिस्थितमा गएकाले सत्ताको चाँबी कांग्रेसले लिनुपर्ने बताएका हुन्।

‘अत्यन्तै अफ्ठ्यारो परिस्थितिमा देश गइरहेको छ। नेपाली कांग्रेस एउटा मध्यममार्गी पार्टी हो। हामी दक्षिणपन्थी पनि होइन र वामपन्थी पनि होइन। उग्रवामपन्थीको त कुरै भएन। कुनै पनि देशमा मध्यममार्गी पार्टी कमजोर भयो, खुम्चियो भने देश अराजकतातिर जान्छ। त्यो बुझौँ उनले भने, त्यो अराजकता रोक्न नेपाली कांग्रेसले मात्रै सक्छ। सरकार र सत्ता फरक कुरा हुन्। हामी सरकारमा छौँ। नेपाली कांग्रेस सरकारमा छ।

तर सत्ताको चाबी हामीसित छैन। यसको अर्थ तपाईंहरू आफैँ लगाउनुस्। सत्ताको चाबी वामपन्थीसँग छ। त्यसलाई कसरी हामीले खोल्ने ? चाबी खोल्नुपर्‍यो नि त। साथीहरुले भन्नुहुन्छ, किन तिमी यसरी बोल्छौ। भोलिको प्रतिस्पर्धी एमाले हो। उसले गलत काम गरेको छ भने गलतलाई गलत र सहीलाई सही भन्न सकौँ। नेपाली कांग्रेसका कार्यकर्ताहरूले गलतलाई गलत भन्न सकेनन् भने ती कार्यकर्ता नेपाली कांग्रेसका कार्यकर्ता होइनन्।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports