तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

जुम्लामा हिमानी र ह्रदयन्द्रको भव्य स्वागत

663
shares

काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाह सुपुत्र हृदयेन्द्रलाई लिएर जुम्ला पुगेकी छन्। जुम्लामा हिमानी ट्रस्टले निर्माण गर्न लागेको अस्पताल (बर्थिङ सेन्टर) शिलान्यास कार्यक्रममा सहभागी हुन पुगेका उनीहरु स्थानीयले स्वागत गरेका छन्।

जुम्लाको गुठिचौर गाउँपालिका वडा नम्बर १, मनिसाँघुमा हिमानी ट्रस्टले बर्थिङ सेन्टर निर्माण गर्दैछ। पूर्वयुवराज्ञी हिमानीको अध्यक्षतामा रहेको ट्रष्टले ग्रामीण क्षेत्रमा शिक्षा, स्वास्थ्य लगायतका सामाजिक क्षेत्रमा योगदान पुर्‍याउँदै आएको छ ।

उनीहरूको साथमा राप्रपाका नेता ज्ञानेन्द्र शाही पनि पुगेका छन्। शाही जुम्लाबाट निर्वाचित सांसद हुन्। हिजो काठमाडौंबाट नेपालगन्ज हुँदै आज खलंगा पुगेका उनीहरूले साँझ ४ बजे होटल कान्जिरोवामा भेटघाट कार्यक्रम समेत राखेका छन्।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports