विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

लिपुलेकबारे नेपालको दावीलाई भारतले गर्यो अस्वीकार

1.21K
shares

काठमाडौं । भारत सरकारले लिपुलेक पास र कैलाश मानसरोवर यात्राबारे नेपालले उठाएका सीमासम्बन्धी दाबीहरूलाई अस्वीकार गरेको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले शुक्रबार राति विज्ञप्ति जारी गर्दै नेपालको दाबी ‘अनुचित’ र ‘ऐतिहासिक तथ्यमा आधारित नभएको’ जिकिर गरेका छन् ।नेपालले आइतबार साँझ दिएको प्रतिक्रियाको जवाफ दिँदै प्रवक्ता जैसवालले लिपुलेकका बारेमा भारतको अडान स्पष्ट र सुसंगत रहेको दाबी गरे ।

‘लिपुलेक पास सन् १९५४ देखि नै कैलाश मानसरोवर यात्राका लागि प्रयोग हुँदै आएको पुरानो मार्ग हो । दशकौँदेखि यो मार्गबाट यात्रा
भइरहेको छ, यो कुनै नयाँ घटनाक्रम होइन,’ विज्ञप्तिमा भनिएको छ ।

नेपालको चुच्चे नक्सा र लिम्पियाधुरा, लिपुलेक क्षेत्र, कालापानीको भूमि दाबीलाई भारतले ‘एकतर्फी’ र ‘कृत्रिम’ विस्तारको संज्ञा दिएको छ । यी क्षेत्रमा नेपालको दाबी ऐतिहासिक तथ्य र प्रमाणद्वारा पुष्टि हुन नसक्ने र यो मान्य नहुने भारतको अडान छ । यद्यपि, जैसवालले नेपालसँगको द्विपक्षीय सम्बन्ध र सीमा सम्बन्धी विवाद समाधानका लागि संवादको ढोका भने खुला रहेको बताएका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports