तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मिसन ८४ भनेको नेकपा एमालेलाई निर्णायक शक्तिको रुपमा विकास गर्नु हो : प्रधानमन्त्री ओली

507
shares

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ०८४ मा आफ्नो पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिको रुपमा विकास गर्नेगरी अघि बढेको बताएका छन् ।

अनेरास्ववियुको २४ औं राष्ट्रिय महाधिवेशन उद्घाटन सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।‘हाम्रो उद्देश्य मिसन ८४ कुनै अमुर्त कुरा होइन । मिसन ८४ भनेको नेकपा एमालेलाई निर्णायक शक्तिको रुपमा विकास गर्नु हो,’ प्रधानमन्त्री ओलीले भने, ‘राष्ट्रिय शक्ति छँदैछ । यसलाई निर्णायक राष्ट्रिय शक्तिको रुपमा विकास गर्नेगरी हामी अघि बढेका छौं ।’उनले अबको १३ महिनापछि कांग्रेसलाई सरकारको नेतृत्व सुम्पिने र तयसपछि आफूहरू मिसन ८४ मा लाग्ने प्रधानमन्त्री ओलीको भनाइ थियो ।‘अब १३ महिनापछि फेरि हामी नेपाली कांग्रेसलाई नेतृत्व सुम्पिन्छौं । र हामी सरकारमा सामेल रहन्छौं,’ प्रधानमन्त्री ओलीले भनेका छन् ।

उनले हिजो दुनियाँमै कम्युनिस्ट र समाजवादी आन्दोलन धरापमा परेको बेलामा पनि जनताको बहुदलीय जनवादले नै आन्दोलन रक्षा गरेको बताए ।‘हिजो दुनियाँमा कम्युनिस्ट र समाजवादी आन्दोलन नै धरापमा परेको बेलामा जबजले आन्दोलनले रक्षा गरेको थियो,’ प्रधानमन्त्री ओलीले भने, ‘त्यतिबेला हामी सरकारमा हुने, सरकारको नेतृत्व गर्ने, सरकार सञ्चालन गर्ने, समग्र सामाजिक आन्दोलनको नेतृत्व गर्ने अभिभारा हामीसँग आएको थियो ।’अहिले पनि विपक्षीदले अनेक जालझेल गरिरहेको प्रधानमन्त्री ओलीले बताए । उनले एकता, फेरि एकता र सुदृढ एकता आफूहरूको आवश्यकता रहेको बताए ।

‘एकता, फेरि पनि एकता र अझै सुदृढ एकता । आज हामीलाई त्यही आवश्यकता छ । एकता, फेरि पनि एकता र अझै सुदृढ एकता हामीलाई आवश्यक छ,’ प्रधानमन्त्री ओलीले भने, ‘एकताबिनाको संगठनले केही पनि गर्न सक्दैन । तपाईंको संगठनमा १० लाख मान्छे भए पनि त्यहाँभित्र अनेक विविधता छ भने पनि आधाले एकतिर आधाले अर्कोतिर तान्यो भने पनि केही काम गर्दैन ।’आफ्नो पार्टीले सही नीति लिएको उनको भनाइ थियो ।‘हामीले सही नीतिहरू लिएका छौं । विल्कुलै सही नीति लिएका छौं । सही सिद्धान्तद्वारा निर्देशित छौं । हामी सही रणनीति र कार्यनीतिबाट निर्देशित छौं,’ ओलीले सम्बोधनको क्रममा भनेका छन्, ‘हामीले सही गन्तव्य तोकेका छौं । त्यस्ता विभिनन कस्ता कस्ता प्रभाव आउन सक्छन् भन्ने घुम्ती पनि देखेका छौं ।’

आफूहरूको अगाडि आएका चुनौतीबारे पनि जानकारी रहेको बताउँदै उनले सही र सफल कार्यान्वयन आजको आवश्यकता भएको बताए ।‘हाम्रा सामु कस्ता चुनौती छन् भन्ने पनि हामीलाई थाहा छ । त्यसकारण आज सही नीति छँदैछन्, आवश्यकता छ नै, ती नीतिको समस्या हामीसँग छैन,’ प्रधानमन्त्री ओलीले भने, ‘सही र सफल कार्यान्वयनको छ । हामी बहकिन हुँदैन । यस देशमा लोकतन्त्र साँच्चैको लोकतन्त्र हामीले ल्याएका हौं ।’गणतन्त्रको रक्षा गर्ने, सुदृढ गर्ने र यसलाई गतिशील ढंगले सही बाटोमा अघि बढाउने जिम्मेवारी नेकपा एमालेको रहेको प्रधानमन्त्री ओलीले बताए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports