सुनको मूल्य आज प्रति तोला ३००० ले घट्यो
वि.सं.२०८२ जेठ २५ आइतवार १५:०६
shares

शुक्रबारको तुलनामा स्थानीय बजारमा आज (२५ जेठ) सुनको मूल्य तोलामा रु. तीन हजारले घटेको छ । चाँदीको मोल पनि तोलामा रु ५ ले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु एक लाख ९० हजार ७०० कायम भएको छभने सोही परिमाणको चाँदीको मूल्य रु दुई हजार १४५ निर्धारण भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुनको मूल्य तीन हजार ३११ डलर कायम भएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमरूले जनाएका छन् ।
































