तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पर्यटनमन्त्रीलाई पालिका अध्यक्षको सुझाव- गर्न नसकिने काममा प्रतिबद्धता नजनाउनुहोस्

754
shares

काठमाडौं । संस्कृती, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्री प्रसाद पाण्डे आफैले उद्घाटन गरेको नेपालकै पहिलो नवग्रह मन्दिर बजेटबिहिन भएको छ ।

आर्थिक बर्ष २०८२।८३ को बार्षिक बिकास कार्यक्रममा स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा रहेको नवग्रह मन्दिरका लागि बजेट बिनियोजन नभएको हो । स्याङ्जा जिल्लाको मात्र नभई सम्पूर्ण देशभरकै धार्मिक आस्थाको केन्द्र रहेको नवग्रह मन्दिरको लागि बजेट बिनियोजन नभएपछि मन्त्रीप्रति कटाक्ष गर्दै उक्त पालिकाका अध्यक्ष प्रकाश तिवारीले सामाजिक सञ्जाल फेसबुकबाट सुझाव दिएका छन् ।

उनले लेखेका छन्,“धन्यवाद माननीय मन्त्री बद्री पाण्डेज्यू, नेपालको पहिलो नवग्रह मन्दिर उद्घाटन कार्यक्रममा अर्जुनचौपारी आइदिनु भएकोमा हामी आभारी छौं।, कार्यक्रममा तपाईंबाट ‘हामीले केही न भने पनि बजेट छुट्याउँछु’ भन्ने प्रतिबद्धता सुन्न पाउँदा जनस्तरमा आशा पलाएको थियो। तर पछिल्लो समय जनताले प्रश्न गरिरहेका छन् — नेपाली कांग्रेसका प्रभावशाली नेताले भनेको कुरा कति गम्भीर हो ?’

नेपाली कांग्रेसबाटै पालिका अध्यक्षमा निर्वाचित भएका तिवारी देशभरका अध्यक्षहरुमा लोकप्रिय मानिन्छन् । उनले पर्यटनमन्त्रीले आश्वासन देखाएर बजेट नहाल्दा आफूहरुलाई हामीलाई पनि जबाफ दिन गाह्रो भइरहेकोले अब अन्यर्था गर्न नसकिने हो भने, कृपया पूर्व प्रतिबद्धता जनाउने काम नगर्न सुझाव दिदैं आफूहरु जनता माझ नारा होइन, नतिजा देखाउने प्रयासमा रहेको पनि उल्लेख गरेका छन् ।

गत फागुनमा निर्माण सम्पन्न भएको नेपालकै पहिलो नवग्रह मन्दिरको उद्घाटनमा वर्तमान पर्यटनमन्त्री बद्री पाण्डे स्वंयम अर्जुनचौपारी पुगेर मन्तब्यमा क्रममा तिवारीको प्रशंसा सहित उक्त मन्दिरका लागि बजेट बिनियोजन गर्ने प्रतिबद्वता जनाएका थिए । गत फागुनयता उक्त मन्दिरमा लाखौं भक्तजनहरुले अवलोकन गरिसकेका छन्, भने मन्दिरमा भेटी संकलन मात्र १ करोड वढी संकलन भईसकेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भरतराज पोखरेलले बताए । उक्त मन्दिर अहिले स्याङ्जा जिल्लाको मात्र नभई देशभरकै महत्वपूर्ण धार्मिक गन्तब्यका रुपमा बिकसित भएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports