२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भारतीय प्रधानमन्त्री मोदीले तोडे सबै भन्दा लामो समय सम्म भारतको प्रधानमन्त्री रहेका नेहरूको रेकर्ड

1.37K
shares

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वतन्त्र भारतमा सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री रहने पण्डित जवाहरलाल नेहरूको रेकर्ड तोडेका छन् । मोदी भारतको सबैभन्दा लामो समयसम्म निर्वाचित प्रधानमन्त्री बनेका हुन् ।

९ जुन २०२४ मा मोदीले एनडीएको तेस्रो कार्यकालमा प्रधानमन्त्रीको रूपमा शपथ लिएका थिए । योसँगै मोदी १२ वर्षदेखि सत्तामा रहेका छन् । मोदीले पहिलोपटक २६ मे २०१४ मा प्रधानमन्त्रीको रूपमा शपथ लिएका थिए ।मंगलबार ९ जुन २०२६ सम्म उनले ४ हजार ३९८ दिन पदमा बिताइसकेका छन् । योसँगै उनी भारतको सबैभन्दा लामो समयसम्म सेवा गर्ने प्रधानमन्त्री बनेका हुन् ।

भारतका प्रथम प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरूले १३ मे १९५२ मा पहिलोपटक प्रधानमन्त्रीको रूपमा शपथ लिएका थिए ।नेहरूले लगातार ४ हजार ३९७ दिन अर्थात् १२ वर्ष १४ दिन प्रधानमन्त्रीको रूपमा सेवा गरे । ९ जुनमा मोदीले सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री रहने नेहरूको रेकर्ड तोडे ।नेहरूले १९४७ देखि मे २७, १९६४ सम्म प्रधानमन्त्रीको रूपमा सेवा गरेका थिए । नेहरूको कुल कार्यकाल ६ हजार १३० दिन थियो । यद्यपि, लगभग पाँच वर्षसम्म उनले अन्तरिम सरकारको नेतृत्व गर्दै प्रधानमन्त्रीको रूपमा सेवा गरेका थिए ।

२०२४ मा मोदी नेहरूपछि देशका दोस्रो प्रधानमन्त्री बने, जसले आफ्नो नेतृत्वमा गठबन्धन वा पार्टीलाई लगातार तीन लोकसभा चुनाव (२०१४, २०१९ र २०२४)मा विजय हासिल गरेपछि लगातार तेस्रोपटक प्रधानमन्त्रीको रूपमा शपथ लिए ।मोदी भारतको स्वतन्त्रतापछि जन्मेका पहिलो प्रधानमन्त्री हुन् (१७ सेप्टेम्बर, १९५०) । यसअघिका सबै प्रधानमन्त्रीहरू १९४७ भन्दा अगाडि जन्मेका थिए ।

यसअघि २५ जुलाई २०२५ मा प्रधानमन्त्री मोदीले पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीको लगातार सबैभन्दा लामो ४ हजार ७७ दिनको प्रधानमन्त्री कार्यकालको रेकर्डलाई उछिनेका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports