सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

टेलिग्राम मार्फत ठगी, सम्पत्ति शुद्धीकरण सम्बन्धी गतिविधि भएको भन्दै यसलाई बन्द गर्ने तयारी

1.13K
shares

काठमाडौं । सामाजिक सञ्जाल टेलिग्राम मार्फत ठगी, सम्पत्ति शुद्धीकरण सम्बन्धी गतिविधि भएको भन्दै यसलाई बन्द गर्ने तयारी गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्मा रहेको सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी कसूर निवारण सम्बन्धी राष्ट्रिय समन्वय समितिले टेलिग्रामलाई बन्द गराउन प्रक्रिया अघि बढाएको हो ।स्रोतका अनुसार, समितिले बिहीबार सूचना तथा सञ्चार मन्त्रालयलाई पत्र लेख्दै टेलिग्रामलाई कारबाहीको दायरामा ल्याउन भनेको छ ।मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पठाएको पत्र बिहीबार प्राप्त भएको बताए ।

‘पत्र आएको छ, तर अहिल्यै बन्द गर्नेभन्दा पनि त्यसमार्फत सम्पत्ति शुद्धीकरण सम्बन्धी गतिविधि भए नभएकोबारे बुझ्न भनिएको छ’, उनले भने, ‘त्यसबारे हामीले सम्पत्ति शुद्धिकरण विभाग, नेपाल प्रहरी लगायतका निकायलाई नै सोध्छौं, त्यसपछि मात्र के गर्ने भन्ने निर्णय हुन्छ ।’स्रोतका अनुसार, समितिको हालै बसेको बैठकमा नेपाल प्रहरीका प्रमुख आईजीपी दिपक थापाले टेलिग्राम मार्फत ठगीसहितका अपराधिक गतिविधि बढेको र त्यो सम्पत्ति शुद्धीकरणसँग समेत जोडिएको ब्रिफिङ गरेका थिए ।सम्भवत: यसबारे आइतबार केही निर्णय हुने ठाकुर बताउँछन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा रहने निर्देशक समितिमा अर्थमन्त्रालय, कानुन मन्त्रालय, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालयका सचिव, महान्यायाधिवक्ताको कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव सदस्य रहने व्यवस्था छ । त्यस्तै, राष्ट्र बैंकका डेपुटी गर्भनर, नेपाल प्रहरीका महानिरीक्षक र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका प्रमुख सदस्य रहने व्यवस्था छ ।स्रोतका अनुसार, समितिको हालै बसेको बैठकमा नेपाल प्रहरीका प्रमुख आईजीपी दिपक थापाले टेलिग्राम मार्फत ठगी सहितका अपराधिक गतिविधि बढेको र त्यो सम्पत्ति शुद्धीकरणसँग समेत जोडिएको ब्रिफिङ गरेका थिए । ‘अहिले अनलाइन मार्फत हुने अधिकांश अपराध टेलिग्रामसँग जोडिएका छन्’, उनले भनेका छन्, ‘त्यसमाथि नेपालमा हुने अधिकांश ठगीमा यो जोडिएको छ ।’

२०८१ को भदौमा टेलिग्रामका संस्थापक तथा सीईओ पावेल डयु्रोभ आफैं फ्रान्समा पक्राउ परेका थिए । त्यसबेला उनीमाथि टेलिग्राममार्फत अवैध लेनदेन, लागूऔषध तस्करी, ठगी र बालबालिकामाथि यौन दुर्व्यवहारसँग सम्बन्धित तस्वीरहरू प्रसारमा संलग्नताको आरोप लगाइएको थियो । फ्रान्सले उनलाई त्यसबेला जमानतमा छाडे पनि पावेलको गिरफ्तारीले संसारभरि नै यो एपको नियमनबारे बहस सिर्जना गराइदिएको थियो ।नेपालमा पनि २०८१ पुसमा एफवान सफ्टको प्रणाली ह्याक गरेर सिटिन्स बैंकको खाताबाट साढे ३ करोड रुपैयाँ चोरी भएको घटनामा टेलिग्राम जोडिएको थियो । यो विषय समेत राष्ट्रिय समन्वय समितिको छलफलमा उठेको बैठकमा सहभागी एक अधिकारीले बताए ।

टेलिग्रामका संस्थापक पक्राउ परेका बेला कतिपयले यसलाई सामाजिक सञ्जालको नाममा भएको ‘डार्क वेब’ समेत भनेका थिए । ‘डार्कवेब’ इन्टरनेटको संसारमा यस्तो प्लेटफर्म हो, जहाँ निश्चित सफ्टवेयरको प्रयोगबाट मात्र पहुँच गर्न सकिन्छ । त्यसमार्फत गैरकानुनी सामान र सेवाहरू बिक्री गरिन्छ, र प्रयोगकर्ताको कुनै पनि किमिसको रेकर्ड रहँदैन ।डिजिटल दुनियाँमा यसलाई अपराधीहरूको स्वर्ग पनि भनिन्छ । यसमा भएका केही विशेषताहरूका कारण टेलिग्रामसमेत ‘हरेक व्यक्तिको गोजीमा भएको डार्कवेव’ जस्तो बनेको विश्लेषण गरिएको थियो ।नेपालमा पनि २०८१ पुसमा एफवान सफ्टको प्रणाली ह्याक गरेर सिटिन्स बैंकको खाताबाट साढे ३ करोड रुपैयाँ चोरी भएको घटनामा टेलिग्राम जोडिएको थियो । त्यसबेला ह्याकरले टेलिग्राममार्फत बेरोजगार युवालाई प्रलोभन देखाएर रकम चोरी गरेको खुलेको थियो । लागूऔषध कारोबारमा समेत यसको प्रयोग हुने गरेको आशंका छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एक उच्च अधिकृतका अनुसार, टेलिग्राम नियमनको दायराभित्र पनि नआउने र त्यसबाट निरन्तर अपराध भइरहेका कारण यसलाई बन्द गर्न त्यसबेलै समेत गृहमन्त्रालयमा भनिएको थियो ।‘उच्चस्तरीय बैठकहरूमा पनि यो विषय उठेका थिए, तर पछि त्यत्तिकै रह्यो’, ती अधिकृत भन्छन्, ‘अहिले यो विषयलाई गम्भीरतापूर्वक लिइएको हो भने त्यो राम्रो कुरा हो ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports