सुनको मूल्यमा नयाँ रेकर्ड कायम
वि.सं.२०८२ भदौ १७ मंगलवार १३:२३
shares

गएका चार दिनदेखि सुनको मूल्य लगातार बढिरहेको छ। सुनको मूल्य आज पनि प्रतितोला ६ सय रुपैयाँ बढेर अहिलेसम्मकै उच्च बनेको हो।
सुनको मूल्य आज तोलाको दुईलाख पाँच हजार नौसय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।गएको शुक्रबारदेखि सुनले लगातार उच्च मूल्यको नयाँनयाँ रेकर्ड बनाइरहेको छ।
शुक्रबार सुनको मूल्य तोलामा १२ सय रुपैयाँ बढेको थियो भने आइतबार तीन हजार र सोमबार तोलामा एक हजार सातसय रुपैयाँ बढेको थियाे।आज चाँदीको मूल्य पनि अहिलेसम्मकै उच्च भएको छ। तोलामा १५ रुपैयाँ बढेर चाँदीको मूल्य आज दुई हजार चारसय ७० रुपैयाँ पुगेको महासंघले जनाएको छ।
































