तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपालमा पनि सुरूभयो फेसबुक कन्टेन्ट मनिटाइजेसन

1.17K
shares

सामाजिक सञ्जाल फेसबुकको कन्टेन्ट मनिटाइजेसनका लागि नेपाल पनि योग्य भएको छ।

फेसबुकले कन्टेन्ट मनिटाइजेसन एडहरु उपलब्ध भएको देश र क्षेत्रमा नेपाललाई पनि समावेश गरेको हो।यसको अर्थ फेसबुकमा पोस्ट हुने पब्लिक भिडिओ र रिलहरुबाट पैसा कमाउन सकिनेछ। यसअघि नेपाल यो सूचीमा परेको थिएन। फेसबुकले निश्चित देश र भाषामा प्रकाशित कन्टेन्टलाई यो सूचीमा राख्ने गर्छ।

यद्यपि धेरै भाषाका भिडिओहरु भने मनिटाइजेसनका लागि योग्य नहुन पनि सक्ने फेसबुकले जनाएको छ।फेसबुकका अनुसार भिडिओ र रिल खोल्दा आउने विज्ञापनहरु र पर्फमेन्स बोनस प्रोग्रम भने अगस्ट ३१ देखि सकिएको छ। त्यो सकिएसँगै फेसबुकले क्रिएटरहरुलाई फेसबुक कन्टेन्ट मनिटाइजेसन प्रोग्राममा सहभागी गराउनलागेको हो।नेपाल समेत रहेको कन्टेन्ट मनिटाइजेसन योग्य रहेको देशहरुको सूचीमा ७० वटा देश रहेका छन्।

फेसबुकका अनुसार कन्टेन्ट मनिटाइजेसनमार्फत सहजै पैसा कमाउन सकिनेछ। यसअघिका सबै प्रोग्रामहरुलाई मर्ज गरेर फेसबुकले नयाँ कार्यक्रम ल्याएको हो।अबदेखि रिल, फोटो, टेक्स्ट पोस्ट र स्टोरीहरु मनिटाइज गर्न सकिनेछ। फेसबुकले १० लाख क्रिएटरहरुलाई बेटामा जोडिन इन्भाइट गरिसकेको छ भने आगामी महिनाहरुमा अझ धेरैलाई इन्भाइट गर्ने उल्लेख गरेको छ।

यो प्रोग्राममा सहभागी हुन क्रिएटरहरुले प्रोफेसनल ड्यासबोर्डमा जानुपर्छ। त्यहाँ गइसकेपछि मनिटाइजेसन ट्याब खोजेर ‘कन्टेन्ट मनिटाइजेसन’मा क्लिक गर्नुपर्छ। त्यसपछि यसको पहुँच पाइनेछ

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports