तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

महाधिवेशन गर्न नसकेका काँग्रेसका सबै भातृसधंका केन्दीय समिति बिघटन

559
shares

काठमाडौँ । नेपाली काँग्रेसले तोकिएको समयमा महाधिवेशन नभएका भ्रातृ संघहरुका केन्द्रीय समिति विघटन गरेको छ ।

सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीले निश्चित कार्यादेशसहित निर्देशक समिति बनाउँदा समेत अधिकांश भ्रातृ संघले कार्यतालिकामा तोकिएको समयमा महाधिवेशन नगरेको र अधिवेशन गर्न सक्ने आधार समेत नदेखिएकोले म्याद थपिरहनु आवश्यक नरहेको निष्कर्ष निकाल्दै त्यस्तै भ्रातृ संघका केन्द्रीय समितिहरू स्वत: विघटन भएको निर्णय गरेको हो ।

साथै बैठकले नेपाली कांग्रेसको विधानको धारा ४२(१) बमोजिम अधिवेशन नभएका सवै भ्रातृ संघहरूको महाधिवेशन गर्न आवश्यक व्यबस्था गर्न केन्द्रीय कार्यसमितिका सभापतिलाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको छ ।साथै बैठकले नेपाल थारु संघको हकमा २०८३ जेठ १६ र १७ गते महाधिवेशन गर्न तय भैसकेकोले सो अवधिसम्म समयावधि थप गर्ने निरन्य गरिएको छ ।

काँग्रेसले निर्णयमा भनेको छ- ‘ पार्टीले निश्चित कार्यादेश सहित निर्देशक समिति बनाउँदा समेत अधिकांश भ्रातृ संघले कार्यतालिकामा तोकिएको समयमा महाधिवेशन नगरेको र अधिवेशन गर्न सक्ने आधार समेत नदेखिएकोले म्याद थपिरहनु आवश्यक नरहेको तथा यसैबीच नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष विद्धान गुरुङ र नेपाल दलित संघका केन्द्रीय अध्यक्ष लोकबहादुर विश्वकर्माले राजीनामा समेत दिइसकेको हुँदा तत् तत् भ्रातृ संघका केन्द्रीय समितिहरू स्वत: विघटन भएका छन। साथै म्याद सकिएका समितिले त्यस अवधिमा गरेका निर्णय र मनोनयनहरू पनि स्वत: अबैद्य भएका छन। अत: नेपाली कांग्रेसको विधानको धारा ४२(१) बमोजिम अधिवेशन नभएका सवै भ्रातृ संघहरूको महाधिवेशन गर्न आवश्यक व्यबस्था गर्न केन्द्रीय कार्यसमितिका सभापतिलाई जिम्मेवारी प्रदान गर्ने।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports