सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

चिनिया राष्ट्रपति सी र अमेरिकी राष्ट्रपति ट्रम्प बीच टेलिफोन वार्ता, के भयो कुराकानी ?

741
shares

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति सी चिनफिङबीच शुक्रबार टेलिफोन वार्ता भएको छ।

यो कुरा ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमार्फत जानकारी दिएका दिएका हुन्।ट्रम्पले लेखेका छन्, ‘मैले चीनका राष्ट्रपति सी चिनफिङसँग सार्थक कुराकानी पूरा गरेको छु। हामीले व्यापार, फेन्टानिल, रुस-युक्रेन युद्ध अन्त्य गर्ने आवश्यकता र टिकटक सम्झौताको अनुमोदनसहित धेरै महत्त्वपूर्ण विषयमा प्रगति गरेका छौँ।’

‘म राष्ट्रपति सीसँग यसमा पनि सहमत छु कि हामी दक्षिण कोरियामा हुने एपेक शिखर सम्मेलनमा भेट्नेछौँ। म अर्को वर्षको सुरुमा चीनको भ्रमण गर्नेछु र राष्ट्रपति सीले पनि उचित समयमा संयुक्त राज्य अमेरिकाको भ्रमण गर्नेछन्। यो धेरै राम्रो कुराकानी थियो। हामी फेरि फोनबाट कुरा गर्नेछौँ। टिकटक स्वीकृतिका लागि धन्यवाद र हामी दुवै एपीईसीमा भेट्न तत्पर छौँ।’

उता चीनद्वारा जारी विज्ञप्तिमा राष्ट्रपति सी चिनफिङले चीन र संयुक्त राज्य अमेरिका सँगै प्रगति गर्न र विश्वमा शान्ति ल्याउन सक्छन् भन्ने कुरामा जोड दिँदै यसका लागि पारस्परिक सम्मान र सहयोग आवश्यक रहेको बताएको उल्लेख छ।विज्ञप्ति अनुसार, ‘उनले (सी) ले यो पनि भने- अमेरिकाले एकतर्फी व्यापार प्रतिबन्धबाट बच्नुपर्छ र टिकटकको निष्पक्ष समाधानलाई प्रवर्द्धन गर्नुपर्छ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports