अमेरिकी डलर सहित केही विदेशी मुद्राको मूल्य घट्यो : यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
वि.सं.२०८२ असोज १० शुक्रवार ०८:२४
shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विनिमयदर अनुसार आज अधिकांश विदेशी मुद्राको मूल्य घटेको छ ।
अमेरिकी डलर, युरो, पाउन्ड स्टर्लिङ, स्विस फ्रैंक, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिंगापुर डलर लगायतको मूल्य हिजोको तुलनामा आज घटेको छ ।राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५७ पैसा र बिक्रीदर १४२ रुपैयाँ १७ पैसा निर्धारण गरिएको छ । हिजो अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६१ पैसा र बिक्रीदर १४२ रुपैयाँ २१ पैसा थियो ।
युरोपियन युरोको मूल्य पनि हिजोको तुलनामा आज घटेको छ । आज युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ २४ पैसा र बिक्रीदर १६६ रुपैयाँ ९४ पैसा छ । हिजो युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ४० पैसा र बिक्रीदर १६७ रुपैयाँ १० पैसा थियो ।युके पाउण्ड स्टर्लिङको मूल्य पनि घटेको छ । आज युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९० रुपैयाँ १७ पैसा र बिक्रीदर १९० रुपैयाँ ९८ पैसा छ । हिजो युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९० रुपैयाँ ६५ पैसा र बिक्रीदर १९१ रुपैयाँ ४६ पैसा थियो ।





































