सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रधानसेनापति सिग्देलले गरे पूर्व सेनापतिहरूसगँ छलफल

767
shares

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले पछिल्लो परिस्थितिबारे पूर्वप्रधानसेनापतिहरूसँग छलफल गरेका छन् ।सिग्देलले पछिल्लो समय देखिएको घटनाक्रम र समसामयिक परिस्थितिको सम्बन्धमा पूर्वप्रधानसेनापतिहरूसँग छलफल गरेका हुन् ।

जङ्गी अड्डामा भएको छलफलमा अहिलेको परिस्थितिको विश्लेषण गर्दै यस्तो अवस्थामा नेपाली सेनाको भूमिकाका बारेमा सिग्लेले पूर्वप्रमुखहरूसँग राय लिएका हुन् ।यसैगरी बिहीबार नेपाली सेनाका विभिन्न विभाग, महानिर्देशनालय, निर्देशनालयका प्रमुखहरूले पनि जङ्गी अड्डामा छलफल गरेका थिए । पृतनापतिहरूसँग पनि भर्चुअल रूपमा पृतनापति समन्वयात्मक बैठक सञ्चालन भएको छ ।

उक्त बैठकमा विभागीय प्रमुख लगायत पृतनापतिहरूले आ-आफ्नो जिम्मेवारी क्षेत्रको वस्तुस्थिति, सम्पादन गरेका कार्यहरूको समीक्षा एवं सुझावहरू प्रस्तुत गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ । नेपाली सेनाको वार्षिक कार्य तालिका अनुसार वर्षको दुई पटक पृतनापति समन्वयात्मक बैठक सञ्चालन हुँदै आएको छ । केही समयदेखि पृतनापतिहरूको जिम्मेवारी हेरफेर भएको थियो । त्यसपछि पहिलो पटक पृतनापति बैठक बसेको हो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports