विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

793
shares

नेपाल राष्ट्र बैंकले आज (असोज १७, शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।

आज अमेरिकी डलर, चिनियाँ युआन, साउदी अरेबियन रियालको मूल्य स्थिर बस्दा युरोपियन युरो, स्विस फ्रयाङ्क, सिंगापुर डलर, जापानी येनको मूल्य बढेको छ भने अस्ट्रेलियन डलर, क्यानेडियन डलरको भाउ केही घटेको छ।आज निर्धारित विनिमय दरअनुसार अमेरिकी डलर १ को खरिददर १४१ रुपैयाँ ६१ पैसा र बिक्रीदर १४२ रुपैयाँ २१ पैसा छ। हिजो बिहीबार पनि यस्तै थियो।

यस्तै आज युरोपियन युरो १ को खरिददर १६६ रुपैयाँ ४२ पैसा र बिक्रीदर १६७ रुपैयाँ १३ पैसा कायम गरिएको छ। बिहीबारको तुलनामा यसको भाउ केही बढेको हो। बिहीबार युरोपियन युरो १ को खरिददर १६६ रुपैयाँ १९ पैसा र बिक्रीदर १६६ रुपैयाँ ९० पैसा थियो।यूके पाउन्ड स्टर्लिङ १ को खरिददर १९० रुपैयाँ ८२ पैसा र बिक्रीदर १९१ रुपैयाँ ६३ पैसा कायम गरिएको छ। बिहीबारभन्दा यसको मूल्य केही घटेको हो। बिहीबार यूके पाउन्ड स्टर्लिङ १ को खरिददर १९० रुपैयाँ ९५ पैसा र बिक्रीदर १९१ रुपैयाँ ७६ पैसा थियो।यस्तै आज स्विस फ्रयाङ्क १ को खरिददर १७७ रुपैयाँ ९४ पैसा र बिक्रीदर १७८ रुपैयाँ ६९ पैसा कायम गरिएको छ। यसको भाउ भने बिहीबारको तुलानामा केही बढेको हो। बिहीबार स्विस फ्रयाङ्क १ को खरिददर १७७ रुपैयाँ ५० पैसा र बिक्रीदर १७८ रुपैयाँ २५ पैसा थियो।

आज अस्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ५७ पैसा र बिक्रीदर ९३ रुपैयाँ ९७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १०१ रुपैयाँ ९९ पैसा कायम गरिएको छ। बिहीबारको तुलनामा यी विदेशी डलरको मूल्य केही घटेको हो। बिहीबार अस्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ७० पैसा र बिक्रीदर ९४ रुपैयाँ ०९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ६७ पैसा र बिक्रीदर १०२ रुपैयाँ १० पैसा थियो।सिंगापुर डलरको भाउ भने बिहीबारको तुलनामा बढेको छ। आज सिङ्गापुर डलर एकको खरिददर ११० रुपैयाँ ०४ पैसा र बिक्रीदर ११० रुपैयाँ ५० पैसा तोकिएको छ। बिहीबार सिङ्गापुर डलर एकको खरिददर १०९ रुपैयाँ ८९ पैसा र बिक्रीदर ११० रुपैयाँ ३६ पैसा थियो।

आज (शुक्रबार) जापानी येन १० को खरिददर ९ रुपैयाँ ६५ पैसा र बिक्रीदर ९ रुपैयाँ ७० पैसा कायम गरिएको छ। बिहीबारको तुलनामा केही बढेको हो। बिहीबार जापानी येन १० को खरिददर ९ रुपैयाँ ६३ पैसा र बिक्रीदर ९ रुपैयाँ ६७ पैसा थियो।चिनियाँ युआनको भाउ भने स्थिर बसेको छ। अर्थात् आज पनि चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ८९ पैसा र बिक्रीदर १९ रुपैयाँ ९७ पैसा कायम गरिएको छ। हिजो बिहीबार पनि यत्ति नै थियो।

आज साउदी अरेबियन रियालको मूल्य पनि स्थिर बसेको छ। आज पनि साउदी अरेबियन रियालको १ को खरिददर ३७ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९२ पैसा नै कायम छ। बिहीबार पनि यही थियो।आज कतारी रियाल १ को खरिददर ३८ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३९ रुपैयाँ ०२ पैसा कायम भएको छ। बिहीबार भने कतारी रियाल १ को खरिददर ३८ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९२ पैसा थियो।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports