कङकालिनी भगवती मन्दिरमा ५९० वटा राँगाको बलि दिइयो
वि.सं.२०८२ असोज १७ शुक्रवार ०८:०५
shares

सप्तरी। बडादशैंको अवसरमा यस वर्ष सप्तरीको भारदहस्थित कङ्कालिनी भगवती मन्दिमा ५९० वटा राँगाको बली चढाइएको छ ।
विजया दशमीको अवसरमा उल्लेख्य सङ्ख्यामा राँगोको बली दिइने यस मन्दिरमा नेपाली एवं छिमेकी भारत बिहारका श्रद्धालु भक्तजन समेतको बाक्लो उपस्थितिमा हरेक वर्ष मेला लाग्ने गर्दछ ।
मन्दिरको राँगा दर्ता डायरी फाटमा कार्यरत शम्भुकुमार मण्डलका अनुसार गत वर्ष ६१८ वटा राँगाको बली दिइएको थियो ।मन्दिर विकास समितिले अपनाएको गोलाप्रथा विधिबाट हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भारदहका वीरेन्द्र माझीको राँगाको सुरुमा बली दिइएको थियो ।
कङ्कालिनी नगरपालिका–१ का अध्यक्ष सुरेन्द्र मण्डलका अनुसार त्यसपछि देशका विभिन्न ठाउँ र भारतको बिहार राज्यबाट ल्याइएका पशुहरुको बली दिइएको थियो ।





































