विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेकपा एमालेले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लियो

728
shares

जनकपुरधाम । नेकपा एमालेले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बुधबार सो पार्टीले मुख्यमन्त्री सतिशकुमार सिंह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै अबको सहकार्य सम्भव नरहेको जनाएको हो । पार्टीको आज बसेको बैठकपछि उक्त निर्णय सार्वजनिक गरिएको हो ।

मुख्यमन्त्री सिंहको नेतृत्वमा बनेको सरकारले जनअपेक्षा अनुसार काम नगरेको र राजनीतिक नैतिकता गुमाएको आरोप एमालेले लगाएको छ । एमालेका एक नेताले भने– ‘मुख्यमन्त्री सिंहको नेतृत्वमा बनेको सरकारले सुशासन र विकासका पक्षमा काम गर्न असफल भयो, त्यसैले हामीले समर्थन फिर्ता लिएका हौँ ।’एमालेको समर्थन फिर्तासँगै मधेस प्रदेश सरकार अल्पमतमा परेको छ । एमालेको समर्थन गुमेपछि विपक्षी दलहरूलाई सत्ता समीकरण फेरबदल गर्ने अवसर मिलेको छ ।

स्रोतका अनुसार एमाले नयाँ सरकार गठनको तयारीमा लागेको छ । यसका लागि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र स्वतन्त्र सांसदहरूसँग छलफल सुरु गरिएको बताइएको छ । ‘प्रदेशमा स्थायित्व र सुशासनका लागि नयाँ नेतृत्व आवश्यक छ,’ एमालेका एक नेताले बताए ।यसअघि नै नेपाली कांग्रेसले पनि मुख्यमन्त्री सिंह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । योसँगै मधेस प्रदेशमा सत्ता परिवर्तनको चर्चा तीव्र बनेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports