विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

महेश बस्नेतको जेनजी आन्दोलनका क्रममा भएका आपराधिक घटनाको निष्पक्ष छानबिन गर्न कार्की नेतृत्वको जाँचबुझ आयोगलाई चुनौती

1.11K
shares

काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले जेनजी आन्दोलनका क्रममा भएका आपराधिक घटनाको निष्पक्ष छानबिन गर्न गौरी बहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगलाई चुनौती दिएका छन् ।

बुधबार पत्रकार सम्मेलन गर्दै बस्नेतले आन्दोलनकारीका तर्फबाट जेजनी आन्दोलनमा हतियार प्रयोग भएको दाबी गरे । रास्वपा सभापति रवि लामिछानेलाई नक्खु कारागारबाट मुक्त गराउन गएका सो पार्टीका नेताहरू डीपी अर्याल, मनिष झा,ज्वाला सङ्ग्रौलाको बारेमा छानबिन हुनुपर्ने बस्नेतको भनाइ छ ।‘त्यसपछि भागेका १४ हजार कैदी कहाँ छन् ? ५ सय चौकी जलाउने क्रममा १२ हजार हतियार लुटिएका छन्, २० हजार गोली लुटिएका छन् ती कहाँ छन् ?’, उनले साम्राज्यवादी शक्तिले पुन नेपाली माथि आक्रमण हुनसक्ने बताए ।

डिस्कर्ड चलाउने, प्रहरीलाई जिउँदै जलाउनेलाई कारबाही गर्नुको साटो गृहमन्त्री भने सुदन गुरुङलाई गुलेली खेलाउन लगाएर बसेको, कुलमान घिसिङ उठौतीमा लागेको भन्दै उनीहरू माथि पनि छानबिन गर्नुपर्ने बस्नेतको भनाइ छ । उनले अर्थमन्त्री रामेश्वर खनालबाट सम्पत्ति शुद्धीकरण गर्ने कि नगर्ने भन्दै उनले प्रधानमन्त्री सुशीला कार्कीलाई सोधे– ‘आज तपाईँहरू प्रतिशोध साध्ने योजना बनाइरहनुभएको छ ?’

उनले सरकारको पहिलो टार्गेट केपी ओली र तेस्रो नम्बरमा आफू रहेको भन्दै हुदै नभएको मुद्दा सिर्जना गरेर आफुमाथि गिरफ्तार गर्ने षडयन्त्र गरेको दाबी गरे । तर उनीहरूको षड्यन्त्र अदालतले अस्वीकार गरेको बताउँदै आफूले साइवर ब्युरोमा बयान दिएर आएको र जे हो त्यही भनेको बताए । उनले आफूलाई समातेर देखाउन चुनौती दिँदै आफू विधिको शासनको लागि जेल जान तयार रहेको बताए ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports