नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

शितल निवास अगाडि जेन जीहरूको नाराबाजी, राष्ट्रपतिले वार्तामा नबोलाएको भन्दै विरोध

754
shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जेनजी युवाहरुसँग आज आयोजना गरेको छलफलमा सहभागी हुन नपाएकाहरुले विरोध जनाएका छन् । शीतल निवास अगाडि भेला भएकाहरुले नाराबाजी समेत गरेका छन् ।

जेनजी युवाहरुको वार्ता टोलीलाई सहभागी नगराएर सुदन गुरुङको टोलीमात्र शितल निवासभित्र प्रवेश गरेपछि बाहिरै रहेकाहरुले विरोधमा नाराबाजी गरेका हुन् ।अहिले ठूलो संख्यामा युवाहरु शीतल निवास अगाडि जम्मा भएर आफूहरुलाई पनि भित्र जान दिनुपर्ने माग गरिरहेका छन् । प्रहरीले उनीहरुलाई सम्झाउने प्रयास गरिरहेको छ ।राष्ट्रपति पौडेलले प्रधानमन्त्री सुशीला कार्कीसहित मन्त्रीहरूको उपस्थितिमा जेनजी प्रतिनिधिहरुसँग छलफल आयोजना गरेका छन्। अहिले शीतल निवासमा छलफल जारी छ ।

सुरुमा १७ जना जेनजी प्रतिनिधि छलफलमा सहभागी हुने तय भए पनि संख्या बढेको बताइएको छ । २० जनाभन्दा बढी जेनजी बैठकमा सहभागी भएको एक जेनजी अगुवाले बताए ।भ्रष्टाचार नियन्त्रण, सुशासन लगायतका मागसहित जेनजी युवाहरु गत भदौ २३ र २४ गते काठमाडौं उपत्यकासहित देशभर आन्दोलनमा उत्रिएका थिए । सो आन्दोलनको बलमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढलेको थियो ।

त्यसपछि जेनजी युवा अगुवाहरुको समेत सिफारिसअनुसार पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री बनेकी थिइन् । उनीमाथि आगामी फागुन २१ गते आम निर्वाचन गराउने मुख्य जिम्मेवारी छ । तत्काललाई भने उनी जेनजी युवाहरुलाई समेटेर मन्त्रिपरिषद् विस्तारको तयारीमा छिन् ।मन्त्रिपरिषद् विस्तार र आगामी निर्वाचनका सन्दर्भमा जेनजी युवा प्रतिनिधिहरुसँग छलफल आयोजना गरिएको हो । तर आधिकारिक जेनजी समूह कुन हो भन्ने खुट्याउन सकिएको छैन ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports