अध्यक्ष ओली अस्वस्थ भएपछि भोली आइतबार सम्मका लागि स्थगित भयो एमालेको सचिवालय बैठक
वि.सं.२०८२ असोज २५ शनिवार ११:१५
shares

काठमाडौँ । नेकपा एमालेकाे सचिवालय बैठक स्थगित भएको छ । शनिबार बस्ने भनिएको सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि स्थगित भएको हो ।
बैठक आइतबार ११ बजे बस्नेगरी सरेको एमाले केन्द्रीय कार्यालयका सचिव भिष्म अधिकारीले जानकारी दिए । अध्यक्ष ओलीलाई रुघा खोकीले सताएको समेत अधिकारीले जानकारी दिए ।यसअघि हिजो बसेको सचिवालय बैठकमा पार्टीको महाधिवेशन छिट्टै आयोजना गर्ने विषयमा छलफल भएको थियो । हिजोको बैठकले पार्टीको महाधिवेशनको माध्यमबाट अहिले उठेका सबै प्रश्नको जवाफ खोज्नुपर्ने र महाधिवेशनको माध्यमबाट नयाँ ढङ्गले अगाडि जाने निष्कर्ष निकालेको थियो ।
बैठकमा भदौ २३ र २४ को जेनजी आन्दोलनबारे समेत सविस्तार समीक्षा गरिएको थियो । सरकारले राष्ट्रिय एकता कायम गर्नुपर्ने, दललाई निषेध नगरी एकता बनाएर जानुपर्ने र सिङ्गो देशलाई एक ठाउँमा उभ्याएर एकताको वातावरण सृजना गर्नुपर्ने निष्कर्ष हिजोको बैठकले निकालेको थियो ।





































