सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

डा.शशांक कोइरालाको पार्टी सभापति देउवालाई केन्द्रीय कार्यसमिति तत्काल विघटन गर्न आग्रह

624
shares

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालाई केन्द्रीय कार्यसमिति तत्काल विघटन गर्न आग्रह गरेका छन्। उनले देउवालाई कार्यवाहक सभापतिको जिम्मेवारी तोक्न पनि सुझाव दिएका हुन्।

शनिबार पार्टी मुख्यालय सानेपामा पत्रकारहरूसँग कुरा गर्दै कोइरालाले आगामी मङ्सिरमा पार्टीको नियमित महाधिवेशन गर्नुपर्ने भएकाले देउवाले कसैलाई कार्यवाहक सभापतिको जिम्मा दिएर महाधिवेशनको मिति तय गर्ने वातावरण बनाउनुपर्ने बताए।नेता कोइरालाले भने– ‘विशेष महाधिवेशन होइन कि नियमित महाधिवेशन गर्नुपर्छ। मैले शेरबहादुरजीलाई भने— यो मेरो व्यक्तिगत विचार हो। मैले उहाँलाई के भने भने तपाईं विघटन गर्नुस्।

एक जनालाई कार्यवाहक सभापति दिनुस्। उनले गठन गर्छन्। र उनले नै मिति तय गर्छन्। मलाई लाग्दछ– मङ्सिरसम्ममा मिति तय होला भन्ने मेरो भावना हो।’अब बन्ने कार्यवाहक सभापतिले नै पार्टीको आगामी महाधिवेशनको मिति तय गर्ने पनि स्पष्ट पारे।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports