राप्रपाले जुम्ला जिल्लाका कार्यसमिति अध्यक्ष शाही सहित चार जनालाई निलम्बन गर्यो
वि.सं.२०८२ असोज २९ बुधवार १६:११
shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जुम्ला जिल्लाका कार्यसमिति अध्यक्ष बेदबहादुर शाहीसहित चार जनालाई निलम्बन गरेको छ ।
बुधबार बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले यस्तो निर्णय लिएको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए । शाही सहित जुम्लाका उपाध्यक्षद्वय विमल शाही र कालीबहादुर महत तथा कर्णाली सदस्य मन्सुर सुनारलाई एक वर्षका लागि निलम्बन गरिएको लिङ्देनले जानकारी दिए ।
पार्टीको अनुशासन समितिको सुझावका आधारमा यस्तो निर्णय भएको उनले बताए ।
































