सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

वर्तमान सरकार क्रान्तिपछि बनेको सरकार भएको ख्याल रहोस् : गृहमन्त्री अर्याल

806
shares

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकार क्रान्तिपछि बनेको सरकार भएको ख्याल गर्न भनेका छन् ।

गृह मन्त्रालय परिसरमा पत्रकारहरूसँग कुरा गर्दै उनले सरकारलाई असंवैधानिक भन्ने अधिकार कसैलाई नरहेको बताए ।सरकारलाई असंवैधानिक भन्नेहरूलाई गृहमन्त्रीको जवाफ छ, ‘…तिनीहरू नै अहिले डुक्रिन थालेका छन् । क्रान्तीकारीहरूलाई उनीहरू आतंककारी देखिरहेका छन् । यो क्रान्तिपछि बनेको सरकार हो, हेक्का रहोस् ।’

सुशासनको मामिलामा के-के गर्नुपर्छ सरकारले गर्ने गृहमन्त्री अर्यालको प्रतिवद्धता छ । उनको प्रतिप्रश्न छ, ‘सुशासनका लागि विद्रोह भएपछि हामीले सुशासन छोड्छ ?’विगतमा जसले सुरक्षाकर्मीहरूको दुरुपयोग गरेका थिए, जसले मापदण्ड विपरीत सुरक्षाकर्मी लगेका थिए उनीहरूले नै सरकारको कामको विरोध गरिरहेको उनले बताए । ‘बर्दीधारीलाई लगेर पनि घरमा भान्से बनाउनुभएको थियो, अरू काममा पनि लगाउनुभएको थियो,’ उनले भने, ‘सुरक्षाकर्मी लगेर, पिएसओ लगेर ड्राइभर बनाउनुभएको थियो ड्राइभरलाई दिने पैसा बचाउनलाई ।’

अनावश्यक सुरक्षा फिर्ता गरेपछि त्यसको विरोध स्वरूप समग्र रुपमै शान्ति सुरक्षा भएन भनेर भन्न थालिएको भन्दै उनले सरकार शान्ति सुरक्षाका लागि गम्भीर रहेको बताए । व्यक्तिगत रुपमा कसैलाई थ्रेट भए निवेदन दिन सकिने उनको आग्रह छ । निवेदन आएपछि थ्रेटको व्याख्या हुने र त्यसआधारमा चाँडो भन्दा चाडो निकास दिइने उनले बताए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports