सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

तिहारमा आफ्नो घर र समुदायमा कुनै अवाञ्छित गतिविधि देखिएमा प्रहरीलाई तत्काल खबर गर्न आग्रह

637
shares

काठमाडौँ । नेपाल प्रहरीले सुख, शान्ति, समृद्धि र आपसी सद्‌भावका साथ मनाइने चाड तिहारमा आफ्नो घर र समुदायमा कुनै अवाञ्छित गतिविधि देखिएमा प्रहरीलाई तत्काल खबर गर्न आग्रह गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँले आज एक सूचना जारी गरी चाडपर्वलाई अपराधरहित बनाई हर्षोल्लासपूर्वक मनाउन आफ्नो घर र समुदायमा कुनै अवाञ्छित गतिविधि देखिएमा तत्कालै प्रहरी कन्ट्रोल नम्बर १०० मा खबर गर्न सबैलाई आग्रह गरेको हो ।परिसरले आफ्नो चिनाजानी भएको स्थानमा मर्यादित एवं सभ्य तवरले देउसी भैलो खेल्न, आफ्नो टोलमा तास, जुवा खेल्ने व्यक्तिहरूबारे प्रहरीलाई समयमै खबर गर्नसमेत आग्रह गरेको छ ।पटाका तथा झिरझिरे पड्काउने व्यक्तिमाथि मुलुकी अपराध संहिता २०७४ को विस्फोटक पदार्थसम्बन्धी कसुरमा तीन वर्षसम्म कैद र रु ३० हजारसम्म जरिवाना हुने भएकाले त्यसो नगर्न भनेको छ ।यस्तै, मादक पदार्थ सेवन गरेर सवारीसाधन नचलाउन, सार्वजनिक स्थानमा मद्यपान तथा धुम्रपान नगर्नसमेत अनुरोध गरेको छ ।

यसैगरी, नगद, बहुमूल्य सामान र गरगहना सकेसम्म लकरमा राख्न, विद्युतीय माध्यमबाट मात्र आर्थिक कारोबार गर्न, लागुऔषध, नशालु पदार्थ सेवन, ओसारपसार, सञ्चय तथा बेचबिखन गर्ने व्यक्तिबारे प्रहरीलाई खबर गर्न सबैमा अनुरोध गरेको छ ।यस्तै, छतमा चढेर यात्रा नगर्न, यात्रा गर्ने क्रममा कुनै पनि अपरिचित व्यक्तिले दिएको खानेकुरा नखान, नचिनेको व्यक्तिले घरको ढोका ढक्ढकाएमा नखोल्न, आफ्नो घर, टोल, छिमेकमा आपत्कालीन साइरन र सिसीटिभी क्यामेरा जडान गर्नसमेत सबैलाई आग्रह गरेको छ ।

प्रहरीले धम्कीपूर्ण फोन आएमा रेकर्ड गर्न मिल्नेसम्म रेकर्ड गरी फोन नम्बरसहित प्रहरीलाई खबर गर्न, लामो समय घर बाहिर जानुपरेमा विश्वासिलो छिमेकी वा नजिकको प्रहरीलाई जानकारी गराउन, तिहार र छठपर्वको लागि गाउँ जान लागेकोलगायत उल्लेख गरी सामाजिक सञ्जालमा पोष्ट नगर्न भनेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports