नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

जाँचबुझ आयोगका अध्यक्ष कार्की सहितका तिन विरुद्ध सर्वोच्चमा मुद्धा दर्ता, भोली नै पेसी

1.2K
shares

काठमाडौँ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएको दमन र त्यसपछि भएको आगजनीको विषयमा छानबिन गर्न गठित जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीसहित सदस्यहरू विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारीविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

अधिवक्ता विपिन ढकालले आइतबार आयोगका अध्यक्ष कार्कीसहित तीन जनालाई विपक्षी बनाएर रिट पेस गरेका थिए । उक्त रिट मङ्गलबार दर्ता भएको सर्वोच्च अदालत प्रशासन जनाएको छ । दर्ता भएको रिटको पेसी बुधबारका लागि तोकिएको छ । आयोगका दुई पदाधिकारीहरू पूर्वाग्रही र विषयवस्तुबारे तटस्थ नभएको अवस्थामा भण्डारीले समेत त्यसमाथि प्रश्न उठाउन नसकेको आरोप रिट निवेदकको छ ।
पूर्वाग्रही धारणा राख्ने व्यक्तिलाई आयोगको अध्यक्षको रूपमा नियुक्त गरी न्याय प्रणालीले अवलम्बन गरेको प्राकृतिक न्यायको सिद्धान्त उल्लङ्घन भएको सर्वोच्चमा दायर रिटमा उल्लेख छ । अध्यक्ष कार्कीले आफैँले छानबिन गर्नुपर्ने विषयका सम्बन्धमा आफ्ना समाचार सेयर गर्नु र अन्तर्वार्ता दिनुले समेत स्वच्छ सुनुवाइको सिद्धान्तको उल्लङ्घन भएको पनि रिटमा उल्लेख गरिएको छ ।
उनीहरूलाई निवेदनको अन्तिम टुङ्गो नलागेसम्म अध्यक्ष तथा सदस्यको रूपमा कुनै कार्य नगर्न र नगराउन अन्तरिम आदेशको माग समेत गरिएको छ ।जेनजी आन्दोलनपछि भएको जनधनको क्षतिबारे जाँचबुझ गर्न सरकारले विशेष अदालतका पूर्वअध्यक्ष कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो ।
sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports