गत फागुन २१ गते भएको संसदको निर्वाचनमा झण्डै दुई तिहाई मत ल्याउन सफल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सरकारले हस्तक्षेप गरेको भन्दै फिफाले नेपालमाथि लगायो प्रतिबन्ध

715
shares

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले नेपालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

एन्फाको आन्तरिक मामिलामा तेस्रो पक्ष (सरकार)ले अनावश्यक हस्तक्षेप गरेको निष्कर्ष निकाल्दै फिफाले नेपाल फुटबल संघ (एन्फा)माथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।फिफाले आफ्ना सदस्य संघहरू पूर्ण रूपमा स्वायत्त हुनुपर्ने र त्यसमा सरकारी वा राजनीतिक हस्तक्षेप नहुने प्रावधानलाई कडाइका साथ पालना गराउँदै आएको छ ।

नेपाली फुटबल इतिहासमा फिफाले प्रतिबन्ध लगाएको यो पहिलोपटक हो ।फिफाको यो निर्णयले नेपाली फुटबललाई अन्तर्राष्ट्रिय मञ्चबाट अलग गरिदिएको छ ।

फिफाका अनुसार अब प्रतिबन्ध रहुञ्जेल नेपालको राष्ट्रिय पुरुष तथा महिला फुटबल टोलीले कुनै पनि किसिमका अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल तथा आधिकारिक प्रतियोगिताहरूमा सहभागिता जनाउन पाउने छैनन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports