प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भेनेजुएलामा शत्तिशाली भूकम्प, मानविय क्षति धेरै भएको आशंका

182
shares

काठमाडौं । दक्षिण अमेरिकी देश भेनेजुयलामा बुधबार शक्तिशाली भूकम्प गएको छ ।

केही सेकेन्डको अन्तरमा ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प गएपछि राजधानी कराकास सहित विभिन्न क्षेत्रका भवनहरू भत्किएका छन् । भूकम्पका कारण मानवीय क्षति र भौतिक विनाशको स्तर उच्च हुन सक्ने अनुमान गरिएको छ ।अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार पहिलो भूकम्पपछि करिब ४० सेकेन्डभित्र दोस्रो तथा अझ शक्तिशाली भूकम्प गएको थियो । यी दुवै भूकम्प राजधानी काराकासको पश्चिम क्षेत्रमा केन्द्रित थिए ।

भूकम्प लगत्तै हजारौं मानिस घर र कार्यालयबाट बाहिर निस्केर सडकमा जम्मा भएका थिए । भेनेजुएलाका गृहमन्त्री डियोस्दादो काबेलोले केही भवन तथा घरहरू भत्किएको पुष्टि गर्दै नागरिकलाई सावधानी अपनाउन र घरबाहिर बस्न आग्रह गरेका छन् ।प्रारम्भिक मूल्याङ्कनअनुसार मृतक संख्या १० हजारभन्दा बढी पुग्ने सम्भावना ४४ प्रतिशत रहेको बताइएको छ, यद्यपि समाचार तयार पार्दासम्म आधिकारिक क्षतिको विवरण सार्वजनिक नभएको बीबीसीले जनाएको छ ।

भूकम्प स्थानीय समयअनुसार साँझ ६:४ बजे गएको थियो । त्यस दिन भेनेजुएलामा राष्ट्रिय बिदा परेकाले धेरै मानिस घरमै रहेका बेला भूकम्प आएको थियो ।भूकम्पको धक्का देशभर महसुस गरिएको थियो भने छिमेकी कोलम्बियाको राजधानी बोगाटासम्म पनि कम्पन महसुस भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । उद्धार तथा खोजी कार्य जारी रहेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports