सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सरकारले फिर्ता बोलाएका राजदूतले राजीनामा दिन थाले

1.47K
shares

काठमाडौँ । सरकारले फिर्ता बोलाएका राजदूतहरुले राजीनामा दिन थालेका छन् । जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले विभिन्न ११ देशमा कार्यरत राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार हालसम्म सरकारले फिर्ता बोलाएका ११ जना राजदूतमध्ये पाँच जनाले राजीनामा दिइसकेका छन् । बाँकी ६ जना पनि राजीनामा दिने तयारीमा छन् । त्यस विषयमा उनीहरुले कानुनी परामर्श गरिरहेका छन् ।परराष्ट्र मन्त्रालय स्रोतका अनुसार अमेरिकाका लागि नेपाली राजदूत रहेका लोकदर्शन रेग्मी, चीनका लागि कृष्णप्रसाद ओली, कतारका रमेशचन्द्र पौडेल, मलेसियाका डा. नेत्रप्रसाद तिमल्सिना र बेलायतका चन्द्रकुमार घिमिरेले राजीनामा दिइसकेका छन् ।

मन्त्रालयका सचिव अमृतबहादुर राईसमक्ष उनीहरुले राजीनामा दिएका हुन् । तर उनीहरुको राजीनामा स्वीकृत भइसकेको छैन । मन्त्रालयका एक अधिकारीका अनुसार उनीहरुले दिएको राजीनामाबारे अध्ययन भइरहेको छ । सर्वोच्च अदालतले फिर्ता बोलाउने निर्णय कार्यान्वयन नगर्न आदेश दिइसकेपछि सरकारले मन्त्रालय बोलाएर कामकाज गराउने भनेको छ, त्यस अवस्थामा उनीहरुले राजीनामा दिएपछि के-कस्तो गर्ने भन्नेबारेमा अध्ययन गर्ने काम भइरहेको ती अधिकारीले बताए ।

असोज ३० गते बसेको मन्त्रीपरिषद् बैठकले कात्तिक २० गतेसम्म नेपाल आइपुग्ने गरी उनीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । उक्त निर्णय विरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले कात्तिक १६ गते निर्णय कार्यान्वयन नगर्न सरकारलाई आदेश दियो । तर त्यसको भोलिपल्ट अर्थात् कात्तिक १७ गते परराष्ट्र मन्त्रालयले अर्को पत्र पठाएर राजदूतहरुलाई परराष्ट्र मन्त्रालयमा कामकाज गर्नेगरी फिर्ता बोलाएको थियो ।फिर्ता भइसकेका राजदूतको ठाउँमा परराष्ट्र मन्त्रालयकै कर्मचारी कार्यवाहक भएर काम गरिरहेका छन् । अमेरिकाका लागि नेपाली कार्यवाहक राजदूतको जिम्मेवारी परराष्ट्र मन्त्रालयका सहसचिव शरदराज आरणले सम्हाल्नेछन् भने चीनको कार्यवाहकमा सहसचिव रोशन खनाल रहनेछन् ।

त्यस्तै, जर्मनीको कार्यवाहकमा उपनियोग प्रमुख सागर फुयाल, जापानको कार्यवाहकमा उपनियोग प्रमुख हरिहरकान्त पौडेल, मलेसियाको कार्यवाहकमा उपनियोग प्रमुख मुदिता बज्राचार्य, कतारको कार्यवाहकमा उपनियोग प्रमुख कुमार राई, बेलायतको कार्यवाहकमा उपनियोग प्रमुख विपिन घिमिरे, साउदीको कार्यवाहकमा उपनियोग प्रमुख सिर्जना अधिकारी, स्पेनको कार्यवाहकमा उपनियोग प्रमुख पूरक अधिकारी, इजरायलको कार्यवाहकमा उपनियोग प्रमुख अधिकृत कुमारबहादुर श्रेष्ठ, रुसको कार्यवाहकमा सहचारी कसम पोखरेल रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports