नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अब तपाईंहरूलाई जिम्मेवारी सुम्पिने हो, यो संकल्प हामीले गर्नुपर्छ र नयाँ नेपालको सपना हामीले देख्नुपर्छ : प्रचण्ड

2.07K
shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अब युवाहरूलाई नै मुलुकको जिम्मेवारी सुम्पिने बताएका छन् ।

यो पार्टीले शनिबार तत्कालीन माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडामा जेनजी कार्यकर्तासँग संवाद कार्यक्रम राखेको थियो । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले अघिल्लो पुस्ताले वैचारिक रुपमा, सांस्कृतिक रुपमा युवा पुस्तालाई गाइडेड गर्ने बताए ।‘अब तपाईंहरूलाई जिम्मेवारी सुम्पिने हो, यो संकल्प हामीले गर्नुपर्छ र नयाँ नेपालको सपना हामीले देख्नुपर्छ,’ प्रचण्डले भने ।यो वातावरण बनाउन आफू लागि परेको पनि उनले बताए । नेपालको भविष्यलाई ख्याल गरेर अगाडि बढनुपर्ने, नेपालको विकास र समृद्धिका लागि भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि अगाडि बढ्नुपर्नेमापनि उनको जोड रहेको छ ।

आफूहरूले निरन्तर संसद्मा रहेर संघर्षमा गरेको तर, त्यसले मात्रै काम गर्न नसकिरहेका बेला जेनजी आन्दोलन भएपछि थप उर्जा प्राप्त भएको पनि प्रचण्डले बताए ।जेनजी पुस्ताले पहलकदमी लिएर २३ र २४ भदौमा गरेको आन्दोलनले देशलाई र विश्वभर रहेका नेपालीहरूलाई राम्रैसँग झकझक्याएको पनि प्रचण्डले बताए । त्यसले एउटा नयाँ परिस्थिति निर्माण गरेको र नयाँ चेतनातिर अगाडि बढ्न उत्प्रेरित र बाध्य दुवै पारेको प्रचण्डको भनाइ रहेको छ ।यस अर्थमा आन्दोलनमा सहभागी सबै बधाइका पात्र रहेको उल्लेख गर्दै उनले भने, ‘जेनजी युवाहरूले उठाएका माग सही छन् । आन्दोलनको उदेश्य सही छ ।’यो विषय आफूले भदौ २३ मै पनि भनेको र तत्कालीन सरकारलाई सही माग राखेर भएको आन्दोलनमा बल प्रयोग नगरोस् भनेको पनि स्मरण गरे ।

आफूहरूको माग र जेनजीहरूको मागमा समानता देखिएको पनि उनले बताए । मागमा समानता भएपनि आफूहरूबाट विगतमा जति गर्न सक्नुपर्दथ्यो त्यति गर्न नसकेकोमा आत्मसमीक्षा गर्दै अगाडि बढ्न तयार भएको उनको भनाइ छ ।युवाहरूको स्पिरिट अनुसार नयाँ नेपाल निर्माण गर्ने संकल्प लिन भने फेरि एकै ठाउँमा रहन सकिने उनले आग्रह गरे ।आफू १६ वर्ष उमेर पुगेपछि पार्टीमा जोडिएर राजनीतिमा संलग्न भएको पनि उनले स्मरण गरे । २७ वर्षको उमेरमा युवक संगठनको अध्यक्ष भएको र ३५ वर्षको उमेरमा पुग्दा आफू पार्टीको प्रमुख नेता भएको सुनाए ।युवाहरूलाई नै लिएर आफूले १० वर्षे सशस्त्रयुद्ध गरेको र २०६२/०६३ को आन्दोलनमा युवाहरूकै सक्रियता रहेको पनि प्रचण्डले सविस्तार व्याख्या गरे । उनका अनुसार युवाहरूकै सक्रियतामा नेपालमा संविधान सभाको निर्वाचन हुन सकेको, मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा आउन सकेको हो ।

महिला, दलित, आदिवासी, जनजाती, थारु, मुस्लिम, मधेशी लगायत सबै उत्पिडत वर्ग र समुदायले समावेशिता प्राप्त गर्ने आधार तयार गर्नमा समेत युवाको सक्रियता र खबरदारी महत्वपूर्ण रहेको उनको भनाइ रहेको छ ।विगतमा आफूहरू नेपालबाट सामन्ती उत्पिडनको अन्त्यको सपना देखेर राजनीतिमा आर्कर्षित भएको उल्लेख गर्दै उनले अहिलेका युवाहरूले भ्रष्टाचार नियन्त्रण र सुशासनको सपना देखेको आफूले पाएको बताए ।युवाहरूले वैैदेशिक हस्तक्षेपको अन्त्य गर्ने र जनताको नेपाल अर्थात् जनगणतन्त्रसम्म पुग्ने सपना समेत युवाहरूमा रहेको पाउँदा खुसी लागेको सुनाए ।अब जुन पुस्तामा रहेको भएता पनि युवाको सपना पुरा गर्न सकै एक हुनुपर्ने र त्यसका लागि आफूहरू तयार भएर अगाडि बढेको प्रचण्डको भनाइ रहेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports