नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम आज आइतबार ८ डिग्री सेलसियस भन्दा तल झर्यो

1.59K
shares

काठमाडौँ उपत्यकामा लगातार चिसो बढिरहेको छ।

शुक्रबार ११ डिग्री सेल्सियस रहेको उपत्यकाको न्यूनतम तापक्रम शनिबार एकैचोटि घटेर ८.५ मा झरेको थियो। आज (आइतबार) थप घटेको हो मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले दिएको जानकारीअनुसार आज बिहान ५:४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम ७.८ डिग्री सेल्सियस देखिएको हो।

त्यसो त आजको आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे अपडेट गरिनेछ। त्यतिबेलासम्म अहिलेको भन्दा न्यूनतम तापक्रम केही घट्ने सम्भावना हुन्छ।मौसमविद्का अनुसार राति आकाशमा बादल लाग्यो भने बिहान न्यूनतम तापक्रम थोरै बढ्छ भने रातभर आकाश सफा रह्यो भने बिहान न्यूनतम तापक्रम घट्छ।

मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम दुईथरी तापक्रम मापन गर्छ।मौसमविद्का अनुसार न्यूनतम बिहान ८:४५ बजे मापन हुन्छ भने अधिकतम साँझ ५:४५ बजे मापन गरिन्छ।अब दिनप्रतिदिन चिसो बढ्दै जाने मौसमविद् अधिकारीले बताए।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports