२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढ्यो

1.85K
shares

काठमाडौं । बुधबार सुनको भाउ तोलामा ८ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ५४ हजार १ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन २ लाख ५३ हजार ३ सय रुपैयाँ थियो । सुनको भाउ यसअघि असोज ३१ गते हालसम्मकै उच्च प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको रेकर्ड छ ।सुनको मूल्यले डेढ महिनाअघिको सो रेकर्ड तोड्न नसकिरहेका बेला चाँदीको भाउले चार दिनयता दैनिक नयाँ रेकर्ड बनाइरहेको छ ।

बुधबार चाँदी एकैदिन तोलामा ११० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ५४५ रुपैयाँ रहेको चाँदी आज ३ हजार ६५५ रुपैयाँ पुगेको छ । गत आइतबारदेखि चाँदीले दैनिक नयाँ रेकर्ड बनाइ बढिरहेको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports