भाद्र १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले गर्दा नेपालको अर्थतन्त्रमा व्यापक असर परेको छ...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

जेन जी आन्दोलनमा खटिएका प्रहरीलाई कारबाही गर्न मिल्दैन : पूर्व प्रहरीमहानिरिक्षक खापुङ

1.44K
shares

काठमाडौं । नेपाल प्रहरीका निवर्तमान प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले जेनजी आन्दोलनमा प्रहरीले गरेको बल प्रयोगका कारण कुनै पनि प्रहरी कर्मचारीलाई कारबाही गर्न नमिल्ने जिकिर गरेका छन् ।

आन्दोलनमा प्रहरीको गोली लागेर १९ जनासहित कुल ७६ जनाको मृत्यु भएको र सयौँ घाइते भएको घटनालाई लिएर अर्घाखाँचीका मकबुल मिया लगायतले दायर गरेको रिटको जवाफमा उनले यस्तो दाबी गरेका हुन् । खापुङले लिखित जवाफमा भनेका छन्-प्रहरीले सार्वजनिक शान्ति-सुरक्षा कायम गर्न र सरकारी सम्पत्ति जोगाउन असल नियतले कानुनसम्मत काम गरेको हुँदा सजाय गर्न नमिल्ने ।

प्रहरी ऐन, २०१२ को दफा ३७ ले असल नियतले कर्तव्य पालना गर्दा कर्मचारीलाई सजाय नहुने स्पष्ट व्यवस्था रहेको उनले स्मरण गराएका छन् । स्थानीय प्रशासन ऐन र प्रहरी नियमावलीअनुसार जिल्लास्तरमा शान्ति-सुरक्षा प्रमुख जिल्ला अधिकारीको प्रत्यक्ष मातहतमा रहने भएकाले प्रहरी महानिरीक्षकको प्रत्यक्ष भूमिका नरहेको पनि उनको तर्क छ ।

यसबाहेक सरकारले गठन गरेको उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन नआउँदै अदालतबाट कारबाही गर्न नमिल्ने उनले बताएका छन् । रिटलाई ‘मनोगत र भावनात्मक’ भन्दै प्रथम दृष्टिमै खारेज गर्न माग गरेका छन् । खापुङ भदौ १९ मा आईजीपी बनेका थिए । एक हप्तामै सुरु भएको जेनजी आन्दोलन उग्र बन्दा ठूलो धनजनको क्षति भएको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports