आज केहि घट्यो सुन चाँदीको मूल्य
वि.सं.२०८२ मंसिर १८ बिहीवार १५:०७
shares

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ८ सय रुपैयाँले घटेको हो । बुधबार २ लाख ५४ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन आज घटेर २ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार ३६ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३० रुपैयाँले घटेर ३६ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।
































