सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपालमा १०० भन्दा ठूला भारू नोट प्रयोगमा भारतले गर्यो केहि लचिलो व्यवस्था

1.51K
shares

भारतको केन्द्रीय बैंकले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै लचिलो व्यवस्था गरेको छ।

भारतीय रिजर्ब बैंकले नेरु र भारु ल्याउन लैजान पाउने विगतको व्यवस्था संशोधन गरेको हो।विदेशी मुद्रा प्रबन्ध (करेन्सी निर्यात तथा आयात) संशोधन विनियमावली २०२५ जारी गर्दै भारतीय केन्द्रीय बैंकले भारतबाहिर नेपाल र भुटानमा भारतको मुद्रा र रिजर्व बैंकको भारतीय नोट (१०० मूल्यदेखि माथिका नोटबाहेक) लैजान र ल्याउन सक्ने व्यवस्था गरेको हो।

संशोधित व्यवस्थाअनुसार भारतबाहिर नेपाल वा भुटान यात्रामा जानेले भने भारु १०० भन्दा बढी मूल्यका नोट २५ हजार भारुसम्म लैजान पाउने पनि भएका छन्।त्यसैगरी नेपाल र भुटानबाट भारतमा भारुतीय नोट (१०० मूल्यमाथिका नोट छोडेर) ल्याउन सक्ने व्यवस्था गरिएको छ। नेपाल वा भुटानबाट भारत यात्रामा आउने व्यक्तिले भने १०० भारुभन्दा बढी मूल्यका ठूला नोट २५ हजार भारुसम्म भारत ल्याउन पाउने भएका छन्।

नेपाल वा भुटानका नोटहरु भारतबाहिर नेपाल वा भुटानमा लैजान सकिने भएको छ। त्यसैगरी नेपाल र भुटानबाट पनि ती नोटहरु भारतमा ल्याउन सकिने भएको छ।पछिल्लो व्यवस्था पाकिस्तान वा बंगलादेशका नागरिकलाई भने दिइएको छैन।यसअघि नेपालमा ठूला भारतीय नोटको कारोबार गर्न नपाइने व्यवस्था गरिएको थियो।

नेपाल राष्ट्र बैंकले पनि यस्तै व्यवस्था गरेपछि पछिल्लो व्यवस्था कार्यान्वयनमा आउनेछ भने भारत जाने र भारतबाट नेपाल आउने पर्यटक र श्रमिकलाई फाइदा पुग्नेछ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports