तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सरकारले फिर्ता बोलाएका मध्ये ६ जना राजदूतले राजीनामा दिए

1.78K
shares

काठमाडौं । सरकारले फिर्ता बोलाएका मध्ये ६ जना राजदूतले राजीनामा दिएका छन् ।

सरकारले ११ राजदूतलाई परराष्ट्र मन्त्रालयमा कामकाज गर्ने गरी फिर्ता बोलाएको थियो । तीमध्ये हालसम्म ६ जनाले राजीनामा दिएका हुन् ।परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार राजीनामा दिएका ६ जनाकै राजीनामा स्वीकृत भइसकेको छ ।

पछिल्लो समय रुसका लागि नेपाली राजदूत जंगबहादुर चौहान र मलेसियाका लागि नेपाली राजदूत डा. नेत्रप्रसाद तिमल्सिनाले राजीनामा दिएका हुन् ।यसअघि लोकदर्शन रेग्मी (अमेरिका), कृष्णप्रसाद ओली (चीन), चन्द्रकुमार घिमिरे (बेलायत), रमेशचन्द्र पौडेल (कतार) ले राजीनामा दिएका थिए ।

विदेशबाट फर्किए लगत्तै उनीहरूको राजीनामा आएको र सरकारले स्वीकृत समेत गरिसकेको प्रवक्ता क्षेत्रीले बताए ।उनीहरूले गरिरहेको कार्यप्रगतिप्रति प्रश्न उठाउँदै सरकारले ३० असोजमा ११ देशका राजदूत फिर्ता बोलाउने निर्णय गरेको थियो । सरकारको उक्त निर्णयपछि सर्वोच्चमा रिट दायर गरिएको थियो ।

रिट निवेदनमा सर्वोच्चले १६ कात्तिकमा अन्तरिम आदेश जारी गर्दै मुद्दाको टुंगो नलाग्दासम्म फिर्ता बोलाउने निर्णय कार्यान्वयन नगर्न भनेको थियो ।सर्वोच्चको अन्तरिम आदेशपछि सरकारले घुमाउरो पारामा उनीहरूलाई मन्त्रालयमा हाजिर भएर कामकाज गर्ने गरी फिर्ता बोलाएको थियो ।

परराष्ट्रले पत्र पठाएर उनीहरूलाई मन्त्रालयमा हाजिर गरी कामकाज गर्न भनिएको थियो । मन्त्रालयमा कामकाज गर्ने गरी बोलाइएका ६ राजदूत बाहेक शैल रुपाखेती (जर्मनी), धनप्रसाद पण्डित (इजरायल), नरेशविक्रम ढकाल (साउदी अरब), शनिल नेपाल (स्पेन) र डा. दुर्गाबहादुर सुवेदी (जापान) छन् । उनीहरू भने परराष्ट्र मन्त्रालयमा दैनिक हाजिर गरेर कामकाज गर्दै आएका छन् ।उनीहरूले भने सर्वोच्चको मुद्दाको टुंगो लागेपछि मात्रै निर्णय गर्ने बताउँदै त्यतिन्जेलसम्म सरकारको निर्णय अनुसार मन्त्रालयमा जाने गरेको बताएका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports