तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाली काँग्रेस सभापति देउवा र नेकपा एमालेका अध्यक्ष ओलीबीच आज भयो भेटवार्ता

1.78K
shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न उनकै निवास महाराजगञ्ज पुगेका छन्।

अध्यक्ष ओलीको सचिवालयका अनुसार उनीहरूबीच साढे ३ बजे भेट्ने कार्यक्रम तय भएको थियो। उनीहरूबीच अहिले भेटवार्ता भइरहेको अध्यक्ष ओलीको सचिवालय स्रोतले जनाएको छ।भेटवार्तामा ओली, देउवाका साथै आरजु राणा र राधिका शाक्य पनि सहभागी छन्।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि उनीहरूबीच भेटवार्ता भएको थिएन।त्यसअघि एमाले र कांग्रेसबीच सत्ता साझेदारी थियो। जेनजी आन्दोलनपछि भदौ २४ गते ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए।माघ ११ गते राष्ट्रिय सभा निर्वाचन र फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन तय छ।

समसामयिक राजनीतिक घटनाक्रम लगायत विषयमा उनीहरूबीच भेटवार्तामा कुराकानी हुने बताइएको छ।भदौ २४ गते निवास बूढानीलकण्ठमा सभापति देउवामाथि आक्रमण भएको थियो। उनी सिंगापुरबाट उपचार गराएर स्वदेश फर्केका थिए।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports