विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

जनकपुरलाई पराजित गर्दै लुम्बिनी प्लेअफमा पुग्यो

1.07K
shares

काठमाडौं । एनपीएल अन्तर्गत आजको खेलमा जनकपुर बोल्ट्सलाई पराजित गर्दै लुम्बिनी लायन्स एनपीएल सिजन-२ को प्लेअफमा प्रवेश गरेको छ ।

आज त्रिवि क्रिकेट मैदानमा भएको खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी प्लेअफमा प्रवेश गरेको हो । योसँगै प्लेअफमा पुग्ने टोलीको टुंगो लागेको छ ।सुदूरपश्चिम रोयल्स, काठमाण्डु गोर्खाज र विराटनगर किंग्सले यसअघि नै प्लेअफमा स्थान बनाइसकेका हुन् । पोखरा एभेन्जर्स, जनकपुर बोल्ट्स र चितवन राइनोज प्लेअफ दौडबाट बाहिरिएका छन् । कर्णाली याक्स यसअघि नै बाहिरिसकेको थियो ।

जनकपुरले दिएको १३३ रनको लक्ष्य लुम्बिनीले १९ ओभर एक बलमा ६ विकेट गुमाएर पूरा ग¥यो । लुम्बिनीका लागि कप्तान रोहितकुमार पौडेलले ३४, डार्शी शर्टले ३०, जेजे स्मिथले २१, निरोशन डिकवेलाले १७ र दिलीप नाथले अविजित १५ रन बनाए ।जनकपुरका लागि संगीत कुरेले तीन, मयन यादवले दुई र सञ्जय कृष्णमुर्तिले एक विकेट लिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports