कान्ति लोकपथ आजदेखि २ महिनासम्म बन्द हुने, वैकल्पिक सडक प्रयोग गर्न प्रशासनको आग्रह
वि.सं.२०८२ मंसिर २० शनिवार ०९:१२
shares

कान्ति लोकपथ आजदेखि दुई महिनासम्म बन्द हुने भएको छ।
आवश्यक मर्मत सम्भारका लागि दुई महिनासम्म कान्ति लोकपथ बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालय ललितपुरले जनाएको छ।
कान्ति लोकपथका विभिन्न खण्डमा सडक विस्तारका लागि दुई महिनासम्म हरेक दिन बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म सवारी बन्द हुने स्थानीय प्रशासनले जनाएको छ।
आगामी दुई महिनासम्म सवारी साधन सबै बन्द गरेर मर्मत एवम् विस्तारको काम अगाडि बढाउन लागिएको कान्ति राजमार्ग सडक योजनाले जनाएको छ।
जिल्ला प्रशासन कार्यालय ललितपुरले उक्त सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द हुने जनाएको छ।सो अवधिभर कान्ति राजमार्ग हुँदै यात्रा गर्ने सवारी साधनले वैकल्पिक मार्ग प्रयोग गर्न पनि स्थानीय प्रशासनले आग्रह गरेको छ।






































