एमालेको सचिवालय बैठक आज बस्दै
वि.सं.२०८२ मंसिर २६ शुक्रवार ०८:५५
shares

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्ने भएको छ ।
पार्टी मुख्यालय च्यासलमा दिउँसो १ बजे बस्ने बैठकमा महाधिवेशन प्रतिनिधि मनोनीत, विधान संशोधन प्रस्ताव लगायतका विषयमा छलफल र निर्णय हुने बताइएको छ ।एमालेले विधान संशोधन गरेर पदाधिकारी संख्या र केन्द्रीय समितिको आकार बढाउने तयारी गरेको छ ।
एमालेको महाधिवेशन यही मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुँदैछ । महाधिवेशनको उद्घाटन सत्र भक्तपुरको सल्लाघारी र बन्दसत्र भृकुटीमण्डपमा हुनेछ ।
































